कर्णाली याक्सको टोली बुलबुल तालको मोटरबोटमा सरर

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)को कर्णाली याक्स टिमले सुर्खेतको बुलबुल तालमा अवलोकन भ्रमण गरेको छ । एनपिएल सुरु हुनुभन्दा केही दिन अघि मात्रै प्रचारप्रसारका क्रममा सुर्खेत आइपुगेको टोलीले आज बुलबुल तालमा मोटरबोटमा मनोरञ्जन लिएको हो । प्रशिक्षक तथा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल र  कप्तान सोमपाल कामीको नेतृत्वको टोलीले बुलबुल तालमा बिताएको […]

Nov 17, 2024 - 06:23
 0
कर्णाली याक्सको टोली बुलबुल तालको मोटरबोटमा सरर

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)को कर्णाली याक्स टिमले सुर्खेतको बुलबुल तालमा अवलोकन भ्रमण गरेको छ । एनपिएल सुरु हुनुभन्दा केही दिन अघि मात्रै प्रचारप्रसारका क्रममा सुर्खेत आइपुगेको टोलीले आज बुलबुल तालमा मोटरबोटमा मनोरञ्जन लिएको हो ।

प्रशिक्षक तथा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल र  कप्तान सोमपाल कामीको नेतृत्वको टोलीले बुलबुल तालमा बिताएको मोटरबोट सञ्चालक कम्पनी सञ्चालक विष्णु ढकालले जानकारी दिए ।

टोलीका कप्तान कामीले आफूलाई मोटरबोट निकै रमाइलो लागेको बताए । ‘यो मेरो पहिलो मोटरबोट अनुभव यो, पर्यटकीय हिसाबले निकै सम्भावना भएको पाएँ, सबैले एकपटक मोटरबोटको अनुभव लिन म आग्रह गर्दछु’, उनले भने ।

करिब एक करोड रुपैयाँ लगानीमा सुरु भएको मोटरबोटपछि पछिल्लो समय त्यहाँ आउने पर्यटक बढेका छन् । लामो समयदेखि अत्यधिक फोहोरका कारण अलपत्र अवस्थामा रहेको ताल सफाइ गरी कम्पनीले गत वैशाखदेखि मोटरबोट सेवा सञ्चालनमा ल्याएको हो ।

कम्पनीले बीरेन्द्रनगर नगरपालिकालाई वार्षिक १३ लाख रुपैयाँ बुझाउने गरी मोटरबोट सञ्चालन सुरु गरेको हो । तालमा कम्पनीले नेपालकै पहिलो र ठूलो मोटरबोट उत्पादक नेपाल सीप एण्ड बोट बिल्डिङ कम्पनीले निर्माण गरेको ११ सिटे दुई वटा फिस्टेल ब्राण्डका मोटरबोटमार्फत सेवा प्रवाह गरिरहेको छ ।

कम्पनीले नेपालगञ्जको वाटरपार्क, चितवनको नारायणगढ र देवघाट सर्लाहीको भरतताल र पृथ्वी राजमार्गमा रहेको तल्लो मर्स्याङदी जलविद्युत् केन्द्रको जलाशयमा पनि मोटरबोट सञ्चालन गर्दै आएको छ ।

मोटरबोट सञ्चालनपछि बुलबुल तालको मोटरबोट पर्यटकीय गन्तव्य बनेको छ । तालमा मोटरबोट सञ्चालन भएसँगै उद्यान परिसरमा पर्यटक बढ्दा राजस्व बढेको छ । साथै मोटरबोटकै कारणले कम्तीमा २० जना फोटोग्राफरका लागि समेत रोजगारी सृजना भएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register