जहाँ पुरूषको ठूलो पेटलाई मानिन्छ आकर्षक

काठमाडौं । आजको व्यस्त जीवनशैलीमा मानिसहरू यस कुरामा पूर्ण ध्यान दिन्छन् कि उनीहरूको शरीर स्वस्थ रहोस् र देख्नमा पनि आकर्षक होस् । विशेषगरी पेटको वरिपरि जम्मा भएको बोसोको बारेमा उनीहरूको चिन्ता सबैभन्दा बढी हुन्छ तर, त्यस्तो एक स्थान छ, जहाँ पेटमा बढेको मासु देखेर मानिसहरू दुःखी होइन, बरु खुसी हुन्छन् । मोटोपना र बढेको पेट […]

Dec 10, 2024 - 11:15
 0
जहाँ पुरूषको ठूलो पेटलाई मानिन्छ आकर्षक

काठमाडौं । आजको व्यस्त जीवनशैलीमा मानिसहरू यस कुरामा पूर्ण ध्यान दिन्छन् कि उनीहरूको शरीर स्वस्थ रहोस् र देख्नमा पनि आकर्षक होस् ।

विशेषगरी पेटको वरिपरि जम्मा भएको बोसोको बारेमा उनीहरूको चिन्ता सबैभन्दा बढी हुन्छ तर, त्यस्तो एक स्थान छ, जहाँ पेटमा बढेको मासु देखेर मानिसहरू दुःखी होइन, बरु खुसी हुन्छन् ।

मोटोपना र बढेको पेट प्रायः मानिसहरूको लागि समस्या हुन्छ तर, यदि तपाईं अफ्रिकाको बोदी जनजातिको बिचमा पुग्नुभयो भने, यही पेट उनीहरूलाई इज्जत दिलाउन सक्छ ।

दक्षिणी इथियोपियामा बसोबास गर्ने बोदी जनजातिको मानिसमा विशेष गरी पुरुषको बढेको पेटलाई राम्रो मानिन्छ । उनीहरूले यसलाई बढाउनका लागि विभिन्न उपायहरू अपनाउँछन्, ताकि जब मोटोपनाको प्रतियोगिता हुन्छ, तब उनीहरूले नै जीत हासिल गर्न सकुन् ।

जति ठूलो पेट, त्यति आकर्षक

पुरुष बोदी जनजातिको मानिसहरूको जीवनमा पेटको बढ्नु खुसीको कुरा मानिन्छ । इथियोपियाको ओमो उपत्यकामा बसोबास गर्ने यी मानिसहरूको बिचमा ठूलो पेटलाई प्रभावशाली र सुन्दर मानिन्छ ।

उनीहरूले वर्षमा एकपटक केएल ( Ka’el) नामक पर्व मनाउँछन्, जसमा सबैभन्दा ठूलो पेट भएका पुरुषलाई सम्मान गरिन्छ र जनजातिका बिचमा उनीहरूलाई सधैँ इज्जत प्राप्त हुन्छ । यस प्रतियोगितामा भाग लिनको लागि पुरुषहरू दूध, दही, कच्चो रगत र महको सेवन गर्छन् ।

६ महिनासम्म तयारी गरेपछि उनीहरू यस उत्सवमा भाग लिन्छन् । भारी आहार लिई उनीहरू आफ्नो शरीरलाई प्रतियोगितामा भाग लिन योग्य बनाउँछन् ।

दूध र रगत पिउँदै शरीर बनाउँछन्

यी मानिसहरू प्रायः आफ्नो शरीर बनाउनको लागि गाईको दूध र ताजा रगत पिउँछन् । गाईलाई यस जनजातिमा पवित्र मानिन्छ र उनीहरूको भाषामा ८० विभिन्न नामले गाईलाई पुकारिन्छ । यी मानिसहरूले गाईलाई मारेका हुँदैनन्, बरु एक रगतको नसा निकालेर त्यसलाई माटोले बन्द गर्दछन् ।

तौल बढाउनका लागि यी मानिसहरूले ६ महिनासम्म कुनै काम गर्दैनन् र आफ्नो झुपडीमा बसिरहन्छन् । सामान्यतया यो जनजातिका मानिसहरू फिट हुन्छन् तर, प्रतियोगिताको लागि उनीहरूले आफ्नो तौल बढाउँछन् । यद्यपि प्रतियोगितापछि उनीहरू आफ्नो बढेको पेट केही हप्तामा घटाउँछन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register