खेलका दौरान मधेसी समुदायलाई लक्षित गरेर भएको व्यवहार असैह्य-नागरिक पहिलो अभियान

काठमाडौं । नागरिक पहिलो अभियानले नेपाल प्रिमियर लिग क्रिकेट (एनपीएल)का क्रममा मधेसी समुदायलाई लक्षित गरि भएका अनूचित क्रियाकलापको निन्दा गर्दै संलग्न सबैलाई कारबाहीको दायरमा ल्याउन माग गरेको छ । अभियानका प्रवक्ता प्रशान्त सिंहले आज विज्ञप्ति जारी गर्दै प्रतियोगिताका दौरान जनकपुर बोल्ट्सका समर्थक र मधेसी समुदायलाई लक्षित गरी प्रयोग गरिएका भाषा, शब्द, साम्प्रदायिक घृणा र विद्धैष फैलाउने […]

Dec 23, 2024 - 13:26
 0
खेलका दौरान मधेसी समुदायलाई लक्षित गरेर भएको व्यवहार असैह्य-नागरिक पहिलो अभियान

काठमाडौं । नागरिक पहिलो अभियानले नेपाल प्रिमियर लिग क्रिकेट (एनपीएल)का क्रममा मधेसी समुदायलाई लक्षित गरि भएका अनूचित क्रियाकलापको निन्दा गर्दै संलग्न सबैलाई कारबाहीको दायरमा ल्याउन माग गरेको छ ।

अभियानका प्रवक्ता प्रशान्त सिंहले आज विज्ञप्ति जारी गर्दै प्रतियोगिताका दौरान जनकपुर बोल्ट्सका समर्थक र मधेसी समुदायलाई लक्षित गरी प्रयोग गरिएका भाषा, शब्द, साम्प्रदायिक घृणा र विद्धैष फैलाउने कार्यले राष्ट्रिय खेल प्रतियोगताको मूल उद्देश्यलाई नै कुण्ठित गरेको समेत बताएका छन् ।

‘राष्ट्रिय प्रतियोगिता भइरहेको बेला केही उद्दण्ड व्यक्तिद्वारा देशको एक ठूलो र सम्मानित समुदायलाई लक्षित गरी अपमानजनक शब्द प्रयोग गर्नुका साथै जनकपुर बोल्ट्सका समर्थकमाथि हातपात, कुटपीट र साङ्घातिक हमलाको प्रयास समेत गरेको देखिनु दुखद् र असैह्य हो ।’ विज्ञप्तिमा भनिएको छ, ‘जातीय तथा सामुदायिक विभेदको संकिर्ण मानसिकताबाट उत्पन्न यस्ता अराजक र उदण्ड क्रियाकलापले सबैको स्वाभिमान सुनिश्चित भएको सहिष्णु र समावेशी राष्ट्र–निर्माण प्रक्रियामा गम्भीर आघात पुर्‍याउँदछ ।’

यस्ता घटना रोक्न नसकेको भन्दै अभियानले त्यहाँ खटिएका सुरक्षा निकायमाथि समेत छानबिन गर्न माग गरेको छ । यस्तै यस्ता गलत संस्कार र प्रचलनलाई बढावा दिने काम भविष्यमा कसैबाट नहोस् भनेर उचित तयारी गर्न/गराउन आयोजक नेपाल क्रिकेट संघलाइ पनि अभियानले आह्वान गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register