राप्रपाले भन्यो : कमल थापा र दीपक सिंहलाई बिनाशर्त रिहा नगरे थप आन्दोलन हुन्छ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले रावप्रपाका अध्यक्ष कमल थापा र आफ्ना सांसद दीपकबहादुर सिंहलाई बिनाशर्त रिहाइ गर्न माग गरेको छ । आइतबार केन्द्रीय कार्यालय, धुम्बाराहीमा बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठकले यस्तो निर्णय गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । पक्राउ परेका नेता–कार्यकर्ताको रिहाइ नगरिए राप्रपाले आन्दोलनको थप कार्यक्रम घोषणा गर्ने उनले बताए […]

Jun 1, 2025 - 14:58
 0
राप्रपाले भन्यो : कमल थापा र दीपक सिंहलाई बिनाशर्त रिहा नगरे थप आन्दोलन हुन्छ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले रावप्रपाका अध्यक्ष कमल थापा र आफ्ना सांसद दीपकबहादुर सिंहलाई बिनाशर्त रिहाइ गर्न माग गरेको छ ।

आइतबार केन्द्रीय कार्यालय, धुम्बाराहीमा बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठकले यस्तो निर्णय गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।
पक्राउ परेका नेता–कार्यकर्ताको रिहाइ नगरिए राप्रपाले आन्दोलनको थप कार्यक्रम घोषणा गर्ने उनले बताए ।

‘राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपा कार्यसम्पादन समितिका सदस्य सांसद दीपकबहादुर सिंह र गिरफ्तारमा पर्नुभएका सबैको अविलम्ब र बिनाशर्त रिहाइ गर्न राप्रपा सरकारसँग माग गर्दछ । गिरफ्तार हुनुभएका नेता, कार्यकर्ताहरुको रिहाइ नगरिए राप्रपाले आन्दोलनको थप कार्यक्रम घोषणा गर्नेछ,’ श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

राजसंस्था र हिन्दुराष्ट्रको पुनःस्थापना, संघीयताको खारेजी लगायतका माग राखी भएको शान्तिपूर्ण प्रदर्शनका क्रममा आइतबार निषेधित क्षेत्र नतोकिएको नारायणचौरमा समेत प्रशासनिक हस्तक्षेप भएको भन्दै राप्रपाले भत्सर्ना गरेको छ ।

प्रदर्शनका क्रममा राप्रपा नेपालका अध्यक्ष थापा र अन्य सात जनालाई प्रशासनले नियन्त्रणमा लिएको थियो । गिरफ्तार भएकालाई भेट्न जाने क्रममा सांसद सिंहलाई प्रहरी परिसरभित्रै नियन्त्रणमा लिइएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register