सुनको मूल्य बढ्यो, चाँदीको थोरै घट्यो
काठमाडौं । आज (बिहीबार) नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुनको कारोबार तोलामा १ लाख ५० हजार ३०० रुपैयाँले कारोबार भइरहेको छ । बुधबार भने सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको थियो । प्रतितोला १ लाख ४९ हजार […]

काठमाडौं । आज (बिहीबार) नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
आज छापावाल सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज सुनको कारोबार तोलामा १ लाख ५० हजार ३०० रुपैयाँले कारोबार भइरहेको छ ।
बुधबार भने सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको थियो । प्रतितोला १ लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य भने आज पनि थोरै घटेको छ । प्रतितोला ५ रुपैयाँले घटेको महासंघले जनाएको छ ।
आज चाँदीको कारोबार तोलामा १ हजार ८०० रुपैयाँले कारोबार भइरहेको छ । बुधबार पनि चाँदी प्रतितोला ५ रुपैयाँले नै घटेको थियो ।
What's Your Reaction?






