कांग्रेस सांसद राईलाई ३ दिन थुनामा राख्न अदालतको अनुमति
काठमाडौँ । कांग्रेस सांसद माया राईलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ईश्वरीप्रसाद भण्डारीले उनलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएका हुन् । कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम अपचलन गरेको आरोपमा उनलाई शनिबार साँझ बुढानीलकण्ठ–१० कपनबाट प्रहरीले पक्राउ गरेको हो । […]

काठमाडौँ । कांग्रेस सांसद माया राईलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ईश्वरीप्रसाद भण्डारीले उनलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएका हुन् ।
कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम अपचलन गरेको आरोपमा उनलाई शनिबार साँझ बुढानीलकण्ठ–१० कपनबाट प्रहरीले पक्राउ गरेको हो ।
उनीमाथि उक्त सहकारीको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४ सय ९३ रुपैयाँ हिनामिना गरेको आरोप छ ।
What's Your Reaction?






