माघ २६ देखि बिर्तामोडमा तीन लाख राशीको अन्तरपालिका महिला फुटबल प्रतियोगिता

बिर्तामोड, २० माघ । नगर खेलकुद विकास समिति बिर्तामोडले माघ २६ गतेदेखि फागुन ५ गतेसम्म अन्तरपालिका महिला फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । समितिले आइतबार बिहान बिर्तामोडमा पत्रकार सम्मेलन गरी फुटबल प्रतियोगिताको तयारी र व्यवस्थापनबारे जानकारी दिएको हो । नगर खेलकुद विकास समितिले पहिलोपटक महिलाहरूका लागि फुटबल प्रतियोगिता आयोजना गर्न लागेको समितिका अध्यक्ष विकास [...] The post माघ २६ देखि बिर्तामोडमा तीन लाख राशीको अन्तरपालिका महिला फुटबल प्रतियोगिता appeared first on Jhapa Online.

Feb 2, 2025 - 08:55
 0
माघ २६ देखि बिर्तामोडमा तीन लाख राशीको अन्तरपालिका महिला फुटबल प्रतियोगिता

बिर्तामोड, २० माघ । नगर खेलकुद विकास समिति बिर्तामोडले माघ २६ गतेदेखि फागुन ५ गतेसम्म अन्तरपालिका महिला फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

समितिले आइतबार बिहान बिर्तामोडमा पत्रकार सम्मेलन गरी फुटबल प्रतियोगिताको तयारी र व्यवस्थापनबारे जानकारी दिएको हो । नगर खेलकुद विकास समितिले पहिलोपटक महिलाहरूका लागि फुटबल प्रतियोगिता आयोजना गर्न लागेको समितिका अध्यक्ष विकास गिरीले बताउनुभयो ।

प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ र उपविजेताले १ लाख ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष गिरीले जानकारी दिनुभयो ।

खेलकुद विकास समितिका सचिव विसन लिम्बूका अनुसार डोमालाल राजबंशी रंगशालामा आयोजना गरिएको प्रतियोगितामा १० वटा पालिकाहरूको सहभागिता रहने छ । प्रतियोगिता आयोजना गर्न ३४ लाख खर्च लाग्ने अनुमान गरिएको प्रचार संयोजक विशाल अग्रवालले बताउनुभयो ।

पत्रकार सम्मेलनमा बोल्दै बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईले महिला खेलाडी उत्पादन गर्ने र खेल क्षेत्रलाई प्रवर्द्धन गर्दै लैजाने नीतिअनुसार प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।

उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले महिला खेलाडी उत्पादनका लागि सीप तथा क्षमताको विकासमा लाग्नुपर्ने बेला आएको बताउँदै यस प्रकारका खेलहरूले थप हौसला दिने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामाले पछिल्लो समय महिला खेलाडीले राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमै ख्याति कमाइरहेकाले यस प्रकारको प्रतियोगिताले खेलाडी उत्पादनमा मद्दत पुग्ने बताउनुभयो ।

The post माघ २६ देखि बिर्तामोडमा तीन लाख राशीको अन्तरपालिका महिला फुटबल प्रतियोगिता appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register