देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने भीम रावलको घोषणा

काठमाडौं । नेता डा. भीम रावलले देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्तिको निर्माण गर्ने बताएका छन् । बुधबार बबरमहलस्थित कार्की बैंक्वेटमा पत्रकार सम्मेलन गर्दै उनले यसबारे जानकारी दिएका हुन् । उनकै शब्दमा अबको बाटो – देश र जनताको सर्वोपरी हितमा हुनुपर्ने राजनीति तथा सरकार पदको भागबण्डा र निहित स्वार्थको साधनमा झारिएको छ । राजनीतिक परिवर्तन पछि जनताको जे […]

Jan 1, 2025 - 09:32
 0
देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने भीम रावलको घोषणा

काठमाडौं । नेता डा. भीम रावलले देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्तिको निर्माण गर्ने बताएका छन् ।

बुधबार बबरमहलस्थित कार्की बैंक्वेटमा पत्रकार सम्मेलन गर्दै उनले यसबारे जानकारी दिएका हुन् ।

उनकै शब्दमा अबको बाटो –

देश र जनताको सर्वोपरी हितमा हुनुपर्ने राजनीति तथा सरकार पदको भागबण्डा र निहित स्वार्थको साधनमा झारिएको छ । राजनीतिक परिवर्तन पछि जनताको जे अपेक्षा र आकांक्षा थियो त्यस दिशामा राजनीति, राज्य र दलहरु अग्रसर छैनन् । जनतामा निराशा बढ्दो छ । युगको सापेक्षातामा देश कमजोर बनिरहेको छ । राष्ट्रिय अखण्डता, स्वाधीनता र स्वाभिमान समेत चुनौतीग्रस्त बनेका छन् । यस्तो स्थितिमा राजनीतिक दल र सरकार बढी जिम्मेवार, राष्ट्रिय हितमा कटिवद्ध र क्रियाशील हुनु पर्थ्यो । सुशासन र जनताको हितमा तल्लीन हुनुपथ्यौं। तर आफ्नै घोषित सिद्धान्त, नीति र लक्ष्यका साथै नेपालको संविधानको मार्ग निर्देशनलाई समेत अवमूल्यन गरी के।पी। ओली गुटले नेकपा ९एमाले० लाई दिशाहीन बनाउनुका साथै राष्ट्रिय राजनीति नै सिद्धान्तहीन, गन्तव्यहीन र आदर्शहीन वाटोमा धकेलिएको छ । एमालेको रंग खुइलिएर बामाले ९बाको मात्र नाम लेउ० मा परिणत भएको छ भन्नु पर्दा अत्यन्त दुःख लाग्छ । अन्य कतिपय दलहरु पनि सोही बाटोमा हिडिरहेका छन् । त्यसकारण देशको स्वाधीनता, स्वाभिमान, हितको रक्षा र सम्बर्धन तथा जनताका आवश्यकता र आकांक्षा पूरा गर्ने वाटोमा राज्यलाई डोऱ्याउनको लागि देशभक्तिपूर्ण भावना र चेतले युक्त जनमत र सरकारको आवश्यकता छ । देश बलियो भने जनता बलिया हुन्छन्, जनता समृद्ध भए देश बलियो हुन्छ मान्यतालाई बलियो गरी समात्नु आवश्यक छ । यसको लागि राष्ट्रव्यापी अभियान चलाउनु पर्छ । भ्रष्टाचार, कुशासन, स्वेच्छाचारी क्रियाकलापका विरुद्ध जनतालाई सजग र क्रियाशील बनाउनु पर्छ । राजनीति, दल, विचार र संगठन देश र जनताको सेवा एवं हितको लागि हो भन्ने मान्यतालाई स्थापित गर्नुपर्छ । मातृभूमि जागरण अभियान सञ्चालन गरी देश र जनताको हक र हितका लागि सबै देशभक्त इमान्दार शक्ति, व्यक्ति र समुदायलाई एकताबद्ध गर्नुपर्छ । देश र जनताले भोगिरहेका समस्याहरुको समाधान र चुनौतीहरुको सामना गर्दै स्वाधीन, स्वतन्त्र र स्वाभिमानी नेपाललाई पुनर्जागरणको दिशामा अगाडि बढाउनु पर्छ । स्वदेश र प्रवासमा रहेका नेपालीहरुका आवाज, आकांक्षा र आवश्यकतालाई गहिरो गरी मनन र विश्लेषण गर्दै राज्य र राजनीतिलाई त्यसको सेवामा समर्पित गर्नुपर्छ । देशको जनशक्ति र प्राकृक्तिक स्रोत सर्वप्रथम देशको सर्वोपरी हितमा परिचालित र उपयोग हुनुपर्ने कुरालाई नीति र निर्णयमा स्थापित गर्नुपर्छ । राजनीति, राजनीतिक दल, सिद्धान्त सबै देशको सर्वोपरी हित पूरा गर्न माध्यम र साधन मात्र हुन्, देश सबैभन्दा माथि हुन्छ धारणालाई बलियो गरी अवलम्बन गर्नुपर्छ । राजनीति दल र राज्यका सबै अवयव र संयन्त्रहरु राष्ट्रिय हित, जनताको समृद्धि र कल्याणमा केन्द्रित र सञ्चालित हुनुपर्छ । यसका लागि विधि, पद्धति, प्रणाली र सुशासनको बाटोमा निस्वार्थ रुपमा दृढताका साथ हिड्नु पर्छ । यस्ता मान्यताहरुको आधारमा देश र जनतासंग सम्बन्धित समग्र विचार, कार्यक्रम, नीति तय गर्दै देश र प्रवासमा अभियान सञ्चालन गर्दै देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्तिको निर्माण अपरिहार्य बनेको छ । यसैतर्फ हाम्रो पाइला र प्रयासहरु अगाडि बढ्ने छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register