समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकका बचतकर्तालाई भुक्तानी दिन सुरु, पहिलो चरणमा २५ हजार दिइने ! 

काठमाडौँ । समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकले बचतकर्तालाई पैसा फिर्ता दिन सुरु गरेको छ । समस्याग्रस्त घोषणापछि राष्ट्र बैंकले टेक ओभर गरेको कर्णाली डेभलपमेन्ट बैंकबाट बचतकर्तालाई पैसा भुक्तानी दिन सुरु गरिएको हो ।  बैंकको व्यवस्थापन जिम्मा लिएको राष्ट्र बैंक व्यवस्थापन समूहले एक सूचना जारी गर्दै बुधबारदेखि बचतकर्ताको पैसा भुक्तानी गर्न सुरु भएको जनाएको छ ।  राष्ट्र […]

Jan 2, 2025 - 06:44
 0
 समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकका बचतकर्तालाई भुक्तानी दिन सुरु, पहिलो चरणमा २५ हजार दिइने ! 

काठमाडौँ । समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकले बचतकर्तालाई पैसा फिर्ता दिन सुरु गरेको छ । समस्याग्रस्त घोषणापछि राष्ट्र बैंकले टेक ओभर गरेको कर्णाली डेभलपमेन्ट बैंकबाट बचतकर्तालाई पैसा भुक्तानी दिन सुरु गरिएको हो । 

बैंकको व्यवस्थापन जिम्मा लिएको राष्ट्र बैंक व्यवस्थापन समूहले एक सूचना जारी गर्दै बुधबारदेखि बचतकर्ताको पैसा भुक्तानी गर्न सुरु भएको जनाएको छ । 

राष्ट्र बैंकका अनुसार बचतकर्ताको बचत फिर्ताको काम बुधबार बिहान ११ बजेदेखि नै सुरु भएको हो । हाल पहिलो चरणमा बिरामी, वृद्ध र बालबालिकालाई औषधी उपचार प्रयोजनको लागि आवश्यक कागजात पेश गरेको आधारमा अधिकतम २५ हजारका दरले बचत फिर्ता गर्न सुरु गरिएको राष्ट्र बैंकले जनाएको छ । 

बैंकमा रहेको तरलता अवस्थालाई ध्यानमा राख्दै प्रति शाखा अधिकतम ५० जनासम्मलाई आवश्यकताका आधारमा भुक्तानी दिन सुरु गरिएको राष्ट्र बैंक व्यवस्थापन समूहले जारी गरेको सूचनामा उल्लेख छ ।  

त्यस्तै, बचतकर्ताको बचत फिर्ता गर्ने कार्य सुरु गरेसँगै बैंकमा उठ्न बाँकी ठूलो कर्जा असुलीको कामलाई पनि अघि बढाइएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त कर्णाली डेभलपमेन्ट बैंकले बाँके, बर्दिया र दाङमा आफ्नो सेवा विस्तार गरेको छ । बैंकमा कुल ४० देखि ५० हजार बचतकर्ता रहेको राष्ट्र बैंकले जनाएको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register