टोटनहमले जित्यो युरोपा लिगको उपाधि, म्यानचेस्टर स्तब्ध

काठमाडौं । टोटनहमले १७ वर्षपछि युरोपा लिगको उपाधि जितेको छ। बुधबार राति भएको फाइनल खेलमा म्यानचेस्टर युनाइटेडलाई १-० ले पराजित गर्दै टोटनहम च्याम्पियन बनेको हो। बिलबाओस्थित सान मामेस स्टेडियममा भएको खेलमा ब्रेनन जोन्सनले ४२ औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक बन्यो। यो जितसँगै टोटनहमका मुख्य प्रशिक्षक एन्ज पोस्टेकोग्लुले आलोचनाबीच आफ्नो दोस्रो सिजनमा टोलीलाई ट्रफी […]

May 22, 2025 - 03:35
 0
टोटनहमले जित्यो युरोपा लिगको उपाधि, म्यानचेस्टर स्तब्ध

काठमाडौं । टोटनहमले १७ वर्षपछि युरोपा लिगको उपाधि जितेको छ। बुधबार राति भएको फाइनल खेलमा म्यानचेस्टर युनाइटेडलाई १-० ले पराजित गर्दै टोटनहम च्याम्पियन बनेको हो।

बिलबाओस्थित सान मामेस स्टेडियममा भएको खेलमा ब्रेनन जोन्सनले ४२ औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक बन्यो।

यो जितसँगै टोटनहमका मुख्य प्रशिक्षक एन्ज पोस्टेकोग्लुले आलोचनाबीच आफ्नो दोस्रो सिजनमा टोलीलाई ट्रफी दिलाउने वाचा पूरा गरेका छन्।

न्युक्यासल र क्रिस्टल प्यालेस जस्ता कम उपाधि जित्ने क्लबहरूको उदाहरण पछ्याउँदै टोटनहमले पनि यो सिजन ट्रफी जितेर कीर्तिमान बनाएको छ। यो जितसँगै टोटनहमले आगामी सिजनको च्याम्पियन्स लिगमा आफ्नो स्थान पक्का गरेको छ।

म्यानचेस्टर युनाइटेडका मुख्य प्रशिक्षक रुबेन आमोरिमको नेतृत्वमा टोलीको खराब प्रदर्शन जारी रहेको छ। कप्तान ब्रुनो फर्नान्डेस पनि सामान्यभन्दा सुस्त देखिए, जसका कारण युनाइटेडले खेलमा फर्कन सक्ने रचनात्मकता देखाउन सकेन।

दोस्रो हाफको मध्यतिर रास्मुस होइलुन्डको हेडरलाई मिकी भ्यान डे भेनले गोल लाइनबाट शानदार क्लियर गर्दै युनाइटेडलाई बराबरीबाट रोकेका थिए।

खेलको अन्त्यतिर लुक शको हेडरलाई भिकारियोले उत्कृष्ट बचाउ गरेपछि टोटनहमले जित निश्चित गर्‍यो।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register