सार्वजनिक यातायात बन्द भएपछि पठाओ र इन्ड्राइभ राइडरले उठाउन थाले मनपरी भाडा !

काठमाडौँ । सोमबार बिहानैदेखि काठमाडौँ उपत्यकाभरी सार्वजनिक यातायात बन्द छन् । पठाओ, इन्ड्राइभ जस्ता राइड सेयरको विरोध गर्दै सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिको आह्वानमा देशभर सार्वजनिक यातायात बन्द गरिएपछि उपत्यकामा दैनिक आवतजावत गर्ने नागरिक मर्कामा परेका छन् ।  सार्वजनिक यातायात बन्द हुँदा विकल्प नभएपछि नागरिकहरु पठाओ, इन्ड्राइभ चढ्न बाध्य छन् ।  तर, त्यही बाध्यताको […]

Jun 2, 2025 - 08:02
 0
सार्वजनिक यातायात बन्द भएपछि पठाओ र इन्ड्राइभ राइडरले उठाउन थाले मनपरी भाडा !

काठमाडौँ । सोमबार बिहानैदेखि काठमाडौँ उपत्यकाभरी सार्वजनिक यातायात बन्द छन् । पठाओ, इन्ड्राइभ जस्ता राइड सेयरको विरोध गर्दै सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिको आह्वानमा देशभर सार्वजनिक यातायात बन्द गरिएपछि उपत्यकामा दैनिक आवतजावत गर्ने नागरिक मर्कामा परेका छन् । 

सार्वजनिक यातायात बन्द हुँदा विकल्प नभएपछि नागरिकहरु पठाओ, इन्ड्राइभ चढ्न बाध्य छन् । 

तर, त्यही बाध्यताको फाइदा उठाउँदै राइडरहरुले सर्वसाधारणसँग मनपरी भाडा असुली गर्ने गरेको पाइएको छ । सोमबार बिहानैदेखि काठमाडौँ उपत्याकाभित्र पठाओ वा इन्ड्राइभ प्रयोग गर्नेहरुलाई नियमित गन्तव्यमा पनि करिब दोब्बर भाडा लिइरहेको नागरिकहरुको गुनासो छ । 

यसो त सोमबार काठमाडौँका चोक चोकमा बसेका पठाओइन्ड्राइभ राइडरहरुले यात्रुलाई सुरुमै अफलाइन राइडको अफर गर्ने गरेका छन् । तर, भाडादर भने यसअघिका दिनभन्दा दोब्बर असुली गर्ने गरेको कोटेश्वरमा भेटिएका एक यात्रुले बताए । ती यात्रुका अनुसार राइडरहरुले आन्दोलन, बन्दको बाहना बनाएर बढी शुल्क असुली गरिरहेका छन् । 

‘जडिबुटीदेखि सुन्धारा जाँदा अधिकतम १ सय ५० रुपैयाँ लाग्थ्यो । तर आज सुरुमा अफलाइन राइडरको अफर गरेर भाडा ३ सय मागे ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै ती यात्रुले भने, ‘दोब्बर भाडा किन ? भन्दा बन्द, आन्दोलनको बाहना बनाए ।’ तर, अर्को राइडरसँग कुरा गर्दा पनि सोही भाडा मागेपछि अन्ततः २ सय ८० रुपैयाँ तिरेर सुन्धारा गएको ती यात्रुले बताएका छन् । 

यसरी सार्वजनिक यातायात ठप्प हुँदा यात्रुलाई अरु विकल्प नभएपछि राइडरले मनपरी शुल्क असुली गर्दा मर्कामा परेको यात्रुहरुले गुनासो गरेका छन् । यता प्रहरीले समेत यात्रुसँग मनपरी शुल्क असुली नगर्न राइडरलाई आग्रह गरेको छ । शनिबार पोखरामा प्रहरीले यात्रुसँग बढी भाडा असुली गर्ने राइडरहरुलाई पक्राउ समेत गरेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register