बार अध्यक्ष घिमिरे विरुद्धको अवहेलना मुद्दामा प्रमाण झिकाउन आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्धको अदालतको अवहेलना मुद्दामा प्रमाण झिकाउन आदेश दिएको छ । मङ्गलबार न्यायाधीशद्वय नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको इजलासले उक्त आदेश गरेको हो । सर्वोच्चका तत्कालीन उपरजिष्ट्रार गोविन्द घिमिरेले अवहेलना निवेदन दर्ता गराएका हुन् । गत कात्तिक २ मा दर्ता भएको निवेदनमाथि न्यायाधीश कुमार रेग्मी र […]

Jan 7, 2025 - 09:35
 0
बार अध्यक्ष घिमिरे विरुद्धको अवहेलना मुद्दामा प्रमाण झिकाउन आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्धको अदालतको अवहेलना मुद्दामा प्रमाण झिकाउन आदेश दिएको छ ।

मङ्गलबार न्यायाधीशद्वय नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको इजलासले उक्त आदेश गरेको हो ।

सर्वोच्चका तत्कालीन उपरजिष्ट्रार गोविन्द घिमिरेले अवहेलना निवेदन दर्ता गराएका हुन् ।

गत कात्तिक २ मा दर्ता भएको निवेदनमाथि न्यायाधीश कुमार रेग्मी र कुमार चुडालको इजलासले सुनुवाइ गर्दै सात दिनभित्र अध्यक्ष घिमिरेलाई आफैँ वा आफ्नो वारेसमार्फत लिखित जवाफ बुझाउन भनेको थियो ।

अध्यक्ष घिमिरेले गत ११ असोजमा नेपाल बारले न्यायपरिषद् नियमावलीमा संवैधानिक प्रश्न उठाउँदै तत्कालीन प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठको विषयमा टिप्पणी गरेका थिए ।

घिमिरेको टिप्पणीले अदालतप्रतिको जनादर घटाउने भन्दै मानहानीको निवेदन परेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register