एक ओभरअघि इनिङ्स डिक्लेर गर्दै पुलिसले बनायो उच्च स्कोर, मधेस १२९ रनले पछि
काठमाडौं। जय ट्रफी एलिट कप क्रिकेटमा मधेस प्रदेशविरुद्धको दोस्रो दिनको खेलमा नेपाल पुलिस क्लबले २५८ रन बनाएको छ । वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा जारी खेलमा आफ्नो पहिलो इनिङ्समा पुलिसले ५९ ओभर खेलेर ४ विकेटको क्षतिमा २५८ रन बनाएको हो । एक ओभर बाँकी हुँदा पुलिसले आफ्नो इनिङ्स डिक्लेर गर्यो । यससँगै पुलिसले जारी खेलमा १२९ […]

काठमाडौं। जय ट्रफी एलिट कप क्रिकेटमा मधेस प्रदेशविरुद्धको दोस्रो दिनको खेलमा नेपाल पुलिस क्लबले २५८ रन बनाएको छ ।
वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा जारी खेलमा आफ्नो पहिलो इनिङ्समा पुलिसले ५९ ओभर खेलेर ४ विकेटको क्षतिमा २५८ रन बनाएको हो ।
एक ओभर बाँकी हुँदा पुलिसले आफ्नो इनिङ्स डिक्लेर गर्यो । यससँगै पुलिसले जारी खेलमा १२९ रनको अग्रता लिएको छ ।
दोस्रो दिन पुलिसका लागि कप्तान आरिफ शेख ४० रन र शङ्कर राना ३१ रनमा अविजित रहे । अमित श्रेष्ठले ३५ रन बनाए ।
अमितलाई मधेसका रुपेश सिंहले ४१.१ ओभरमा आउट गरे । चोट लागेर अर्जुन साउदले २२ रनमा रिटायर हर्ट भएका थिए ।
बुधबार पुलिसले ४० ओभरमा ३ विकेट गुमाएर १७४ रन बनाउँदा पहिलो दिनको खेल सकिएको थियो ।
पहिलो दिन मधेसविरुद्ध पुलिसलाई ४५ रनको अग्रता, भूर्तेलको अर्धशतक
पहिलो दिन पुलिसका लागि कुशल भूर्तेलले अर्धशतकीय पारी खेलेका थिए । कुशलले ६८ बलमा १० चौका प्रहार गरेर ६३ रन बनाए । दिलिप नाथले ४० र गुल्शन झाले २० रन बनाए ।
मधेसका लागि हरिशङ्कर शाहले २ तथा अभिषेक तिवारीले १ विकेट लिए ।
यसअघि मधेस ४२.४ ओभरमा १२९ रनमा अलआउट भएको थियो ।
What's Your Reaction?






