थाइल्यान्डमा नेटाको उपस्थिति कस्ताे छ ?

काठमाडाैं । गत वर्ष २०२४ को डिसेम्बर महिनामा थाइल्यान्डको विभिन्न इलेक्ट्रिक सवारी बिक्रीको आकडाअनुसार नेटाले ६८४ युनिट प्राप्त गरेको बताइएको छ । उक्त तालिकामा नेपालमा समेत उपलब्ध रहेका विभिन्न ब्राण्डका इलेक्ट्रिक सवारी साधनहरु समावेश भएको पाउन सकिन्छ । नेपालका लागि नेटा ब्राण्डको आधिकारीक वितरक सिजी मोर्टसले नेटाका यी दुवै मोडलका कारहरु नेपालमा पनि बिक्री वितरण […]

Jan 9, 2025 - 05:03
 0
थाइल्यान्डमा नेटाको उपस्थिति कस्ताे छ ?

काठमाडाैं । गत वर्ष २०२४ को डिसेम्बर महिनामा थाइल्यान्डको विभिन्न इलेक्ट्रिक सवारी बिक्रीको आकडाअनुसार नेटाले ६८४ युनिट प्राप्त गरेको बताइएको छ ।

उक्त तालिकामा नेपालमा समेत उपलब्ध रहेका विभिन्न ब्राण्डका इलेक्ट्रिक सवारी साधनहरु समावेश भएको पाउन सकिन्छ ।

नेपालका लागि नेटा ब्राण्डको आधिकारीक वितरक सिजी मोर्टसले नेटाका यी दुवै मोडलका कारहरु नेपालमा पनि बिक्री वितरण गर्दै आईरहेको छ ।

नेटा भी क्रसओभर वर्गमा इलेक्ट्रिक वाहन चाहने व्यक्तिहरूको लागि एक महत्वपूर्ण विकल्प हो । यसको ४०.७ किलाेवाट ब्याट्रीले राम्रो क्षमता प्रदान गर्दछ, जबकी ५० किलाेवाट मोटरले दमदार प्रदर्शन सुनिश्चित गर्दछ । १२० एनएम टर्कले यसको गतिशील ड्राइभिङ अनुभवलाई थप उजागर गर्दछ, जसले तिव्र गतिको सवारी र ह्यान्डलिङलाई सुधार्छ ।

नेटा भी छिटो २० मिनेटको चार्जमा ३० प्रतिशतबाट ८० प्रतिशतसम्म ब्याट्रीलाई चार्ज गर्न सक्छ । यसमा एकल चार्जमा ३८० किमि दायरा छ र यो CATL का लिथियम आयरन फस्फेट ब्याट्रीले चल्दछ, जसको ८ वर्ष वा १५०,००० किमि वारेन्टी छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register