रवि छुटेपछि सूर्य थापाको तीन स्टाटस – ६५ लाख धरौटीमा रिहा-सफाइ !

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा रास्वपा सभापति रवि लामिछाने रिहा भएपछि नेकपा एमालेका सांसद सूर्य थापाले सामाजिक सञ्जालमा विभिन्न टिप्पणी गरिरहेका छन् । सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय विशेष छानबिन समितिका सभापति रहेका थापाले सामाजिक सञ्जालमा तीन वटा स्टाटस लेखिसकेका छन् । रविबारे अदालतको यस आदेशको पनि माथिल्लो तहबाट परीक्षण […]

Jan 10, 2025 - 05:54
 0
रवि छुटेपछि सूर्य थापाको तीन स्टाटस – ६५ लाख धरौटीमा रिहा-सफाइ !

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा रास्वपा सभापति रवि लामिछाने रिहा भएपछि नेकपा एमालेका सांसद सूर्य थापाले सामाजिक सञ्जालमा विभिन्न टिप्पणी गरिरहेका छन् ।

सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय विशेष छानबिन समितिका सभापति रहेका थापाले सामाजिक सञ्जालमा तीन वटा स्टाटस लेखिसकेका छन् ।

रविबारे अदालतको यस आदेशको पनि माथिल्लो तहबाट परीक्षण हुने उनको भनाइ छ ।

उनले रविबारे पहिलो स्टाटसमा लेखेका छन्, ‘कसुरदार रहेनछन् भन्ने मनासिब आधार देखिएन – सहकारीको रकमबाटै शुरूमा गोरखा मिडिया नेटवर्कमा ७५ लाख रवी लामिछानेको शेयरवापत भुक्तानी गरेको खुलासा ।’

दोस्रो स्टाटसमा लेखेका छन्, ‘अदालतको यस आदेशको पनि माथिल्लो तहबाट परीक्षण हुन्छ । त्यसनिम्ति ७३नं । को व्यवस्था मौजुद नै छ !’

उनले आज बिहानमात्रै थप एक स्टाटस लेखेका छन् । जसमा उनले ‘रवी जिम्मेवार/कारबाहीको सिफारिस-क्लिन चिट….’ लेखेका छन् ।

बिहीबार साँझ जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको एकल इजलासले लामिछानेलाई ६५ लाख धरौटीमा छाडेको थियो ।

उनलाई काठमाडौं ल्याउने तयारी भइरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register