ट्रम्पको शपथ समारोहका लागि बोइङ र गुगलले दिए १०/१० लाख डलर

काठमाडौं । अमेरिकी विमान कम्पनी बोइङले नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको शपथ ग्रहण समारोहका लागि १० लाख अमेरिकी डलर दान गर्ने भएको छ । बोइङका साथै गुगल र माइक्रोसफ्टले पनि त्यति नै रकम दान गरेको बीबीसीले जनाएको छ । यसरी दान गर्नेमा तेल उत्पादक कम्पनी शेभरन र मेटा, अमेजन र उबरलगायत धेरैवटा अमेरिकी कम्पनी छन् । […]

Jan 11, 2025 - 05:27
 0
ट्रम्पको शपथ समारोहका लागि बोइङ र गुगलले दिए १०/१० लाख डलर

काठमाडौं । अमेरिकी विमान कम्पनी बोइङले नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको शपथ ग्रहण समारोहका लागि १० लाख अमेरिकी डलर दान गर्ने भएको छ ।

बोइङका साथै गुगल र माइक्रोसफ्टले पनि त्यति नै रकम दान गरेको बीबीसीले जनाएको छ ।

यसरी दान गर्नेमा तेल उत्पादक कम्पनी शेभरन र मेटा, अमेजन र उबरलगायत धेरैवटा अमेरिकी कम्पनी छन् ।

डोनाल्ड ट्रम्पले जनवरी २० मा राष्ट्रपतिको शपथ खाँदै छन् । यो उनको दोस्रो कार्यकाल हो ।

‘हामी अमेरिकी राष्ट्रपतिको शपथ समारोहलाई समर्थन गर्ने बोइङको द्विदलीय परम्परालाई निरन्तरता दिन पाउँदा खुसी छौँ,’ बोइङले भनेको छ ।

कम्पनीले पछिल्ला तीन राष्ट्रपतिको शपथमा पनि यस्तै दान गरेको जनाएको छ ।

कार कम्पनीहरू फोर्ड, जनरल मोटर्स र टोयोटाले पनि १०/१० लाख डलर दान गरेको बीबीसीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register