रविको मुद्दामा आज पनि थुनछेक बहस

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको मुद्दामा आज (बुधबार) पनि काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस हुने भएको छ । यसअघि सोमबार बहस नसकिएपछि मुद्दा अर्को दिनका लागि हेर्दाहेर्दैमा राखिएको थियो । सोमबार अदालतमा जाहेरवाला र सरकारी वकिलको बहस सकिएको थियो । समय अभाव भएकाले प्रतिवादीको तर्फबाट भने बहस हुन पाएन । मंगलबार […]

Jan 15, 2025 - 02:47
 0
रविको मुद्दामा आज पनि थुनछेक बहस

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको मुद्दामा आज (बुधबार) पनि काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस हुने भएको छ । यसअघि सोमबार बहस नसकिएपछि मुद्दा अर्को दिनका लागि हेर्दाहेर्दैमा राखिएको थियो ।

सोमबार अदालतमा जाहेरवाला र सरकारी वकिलको बहस सकिएको थियो । समय अभाव भएकाले प्रतिवादीको तर्फबाट भने बहस हुन पाएन । मंगलबार सार्वजनिक बिदा भएकोले बहस हुन सकेन । यसर्थ सोमबारको बहसलाई आज निरन्तरता दिन लागिएको हो ।

प्रतिवादी तर्फका वकिलहरूको बहस सकिएपछि सरकारी वकिलले जवाफी बहस गर्नेछन् । सोमबार पूर्वउपप्रधान तथा गृहमन्त्री लामिछानेलाई न्यायिक हिरासतमा फर्काइएको थियो ।

जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासले उनलाई प्रहरीको जिम्मा लगाउने आदेश दिएको हो । उनलाई आइतबार पनि काठमाडौं जिल्ला प्रहरी परिसरको हिरासतमा राखिएको थियो ।

स्वर्णलक्ष्मी सहकारीको रकम सङ्गठित तवरले ठगी गरेको अभियोगमा लामिछानेविरुद्ध मुद्दा दायर भएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register