शेफ अलीमाथि छुरा प्रहार : घटनाबारे बोल्यो परिवार, तीन जना पक्राउ

काठमाडौं । अभिनेता शेफ अली खानमाथि घुसपैठको आक्रमण भएपछि पटौदी परिवारले आधिकारिक बयान जारी गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘श्रीमान् शेफ अली खानको निवासमा चोरीको प्रयास भएको थियो । उहाँ हाल अस्पतालमा शल्यक्रियाको क्रममा हुनुहुन्छ । हामी मिडिया र फ्यानहरूलाई धैर्य गर्न अनुरोध गर्दछौं । यो पुलिसको मामला हो । हामी तपाईंलाई अपडेट राख्नेछौं […]

Jan 16, 2025 - 05:08
 0
शेफ अलीमाथि छुरा प्रहार : घटनाबारे बोल्यो परिवार, तीन जना पक्राउ

काठमाडौं । अभिनेता शेफ अली खानमाथि घुसपैठको आक्रमण भएपछि पटौदी परिवारले आधिकारिक बयान जारी गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘श्रीमान् शेफ अली खानको निवासमा चोरीको प्रयास भएको थियो । उहाँ हाल अस्पतालमा शल्यक्रियाको क्रममा हुनुहुन्छ । हामी मिडिया र फ्यानहरूलाई धैर्य गर्न अनुरोध गर्दछौं । यो पुलिसको मामला हो । हामी तपाईंलाई अपडेट राख्नेछौं ।’

उनीमाथि मुम्बईस्थित घरमै छिरेर एक व्यक्तिले छुरा प्रहार गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

भारतीय प्रहरीका अनुसार बान्द्रामा रहेको खानको घरमा राति २ः४५ बजे एक अज्ञात व्यक्ति छिरेका थिए । ती आक्रमणकारीले खानको घरमा काम गर्ने मानिससँग झगडा गरेका थिए । सो क्रममा खान र ती व्यक्तिबीच झडप भयो । यस क्रममा छुरा प्रहार हुँदा अभिनेता खान घाइते भएका हुन् ।

खानलाई लीलावती अस्पतालमा भर्ना गरिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अभिनेत्रीसमेत रहेकी पत्नी करिना कपुर र अन्य परिवारका सदस्य भने सकुशल रहेको बताइएको छ ।

यस सम्बन्धमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले नियन्त्रणमा लिएका तीन जना शेफको घरमा काम गर्ने व्यक्ति हुन् ।

उनीहरुबाट घरभित्र पसेका चोर को हुन् भन्ने खोजी भइरहेको प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register