गोवामा प्याराग्लाइडिङ दुर्घटना, नेपाली पाइलटसहित दुई जनाको मृत्यु

काठमाडौं । भारतमा गोवामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एक नेपाली पाइलटसहित दुई जनाको मृत्यु भएको छ । घटना जनवरी १८ को हो । दुर्घटनामा पुणे निवासी २७ वर्षीया शिवानी र २६ वर्षीय प्याराग्लाइडिङका पाइलट सुमन नेपालीको मृत्यु भएको भारतीय अखबार आजतकले जनाएको छ । नेपालीको ठेगाना भने खुलाइएको छैन । सुरक्षा नियम बेवास्ता र अनुमतिबिना प्याराग्लाइडिङ […]

Jan 19, 2025 - 06:27
 0
गोवामा प्याराग्लाइडिङ दुर्घटना, नेपाली पाइलटसहित दुई जनाको मृत्यु

काठमाडौं । भारतमा गोवामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एक नेपाली पाइलटसहित दुई जनाको मृत्यु भएको छ ।

घटना जनवरी १८ को हो ।

दुर्घटनामा पुणे निवासी २७ वर्षीया शिवानी र २६ वर्षीय प्याराग्लाइडिङका पाइलट सुमन नेपालीको मृत्यु भएको भारतीय अखबार आजतकले जनाएको छ । नेपालीको ठेगाना भने खुलाइएको छैन ।

सुरक्षा नियम बेवास्ता र अनुमतिबिना प्याराग्लाइडिङ उडाएको कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीले यस मामिलामा एफआइआर दर्ता गरी प्याराग्लाइडिङ कम्पनीका मालिक शेखर राईजादालाई पक्राउ गरेको छ ।

शेखर राईजादामाथि आफ्नो कम्पनीका पाइलटलाई बिना अनुमति र सुरक्षा उपकरणको व्यवस्था नगरी प्याराग्लाइडिङ उडाउन दिएको आरोप छ ।

दुर्घटनाको अनुसन्धान भइरहेको छ । आरोपितमाथि मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register