कमल थापाले बोलाए पदाधिकारी बैठक

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आज पदाधिकारी बैठक बोलायका छन् ।  ‘आज दिउँसो १:३० बजे पार्टी केन्द्रीय कार्यालय सिफलमा बैठक बस्नेछ,’ राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले भने । उनका अनुसार मुलुकको पछिल्लो राजनितीक घटनाक्रम, आइतबार त्रिभुवन बिमानस्थलदेखि निर्मल निवाससम्म भएको पूर्वराजाको स्वागत अनि भाबी कार्यक्रममा बारेमा छलफल गर्नका लागि बैठक बोलाईएको हो । […]

Mar 10, 2025 - 06:23
 0
कमल थापाले बोलाए पदाधिकारी बैठक

काठमाडौं ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले आज पदाधिकारी बैठक बोलायका छन् । 

‘आज दिउँसो १:३० बजे पार्टी केन्द्रीय कार्यालय सिफलमा बैठक बस्नेछ,’ राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले भने । उनका अनुसार मुलुकको पछिल्लो राजनितीक घटनाक्रम, आइतबार त्रिभुवन बिमानस्थलदेखि निर्मल निवाससम्म भएको पूर्वराजाको स्वागत अनि भाबी कार्यक्रममा बारेमा छलफल गर्नका लागि बैठक बोलाईएको हो ।

आगामी दिनमा हिन्दुराष्ट्र, राजसंस्थाको एजेन्डा स्थापित गर्न र संघीयता खारेज गर्नको लागि समान बिचार र उदेश्य भएकाहरु एकजुट भएर आन्दोलनमा होमिनु पर्नेमा राप्रपा नेपाल  र कमल थापाले जोड दिईरहेको  सन्दर्भमा पार्टीको पदाधिकारी बैठक बस्न लागेको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register