अभिनेता शेफअली खान अस्पतालबाट डिस्चार्ज

काठमाडौं । बलिउड अभिनेता शेफअली खान अस्पतालबाट डिस्चार्ज भएका छन् । समाचार एजेन्सी पीटीआईकाअनुसार खानलाई चक्कु आक्रमणको पाँच दिनपछि मुम्बईको लीलावती अस्पतालबाट डिस्चार्ज गरिएको हो । समाचार एजेन्सी एएनआईकाअनुसार अभिनेत्री करीना कपुर आफ्ना पतिलाई लिन अस्पताल पुगेकी थिइन् । गत बिहीबार बिहानीपख बान्द्रास्थित शेफको घरमा प्रवेश गरेर एक आक्रमणकारीले चक्कु प्रहार गरेका थिए, त्यसक्रममा उनी […]

Jan 21, 2025 - 11:51
 0
अभिनेता शेफअली खान अस्पतालबाट डिस्चार्ज

काठमाडौं । बलिउड अभिनेता शेफअली खान अस्पतालबाट डिस्चार्ज भएका छन् ।

समाचार एजेन्सी पीटीआईकाअनुसार खानलाई चक्कु आक्रमणको पाँच दिनपछि मुम्बईको लीलावती अस्पतालबाट डिस्चार्ज गरिएको हो ।

समाचार एजेन्सी एएनआईकाअनुसार अभिनेत्री करीना कपुर आफ्ना पतिलाई लिन अस्पताल पुगेकी थिइन् ।

गत बिहीबार बिहानीपख बान्द्रास्थित शेफको घरमा प्रवेश गरेर एक आक्रमणकारीले चक्कु प्रहार गरेका थिए, त्यसक्रममा उनी गम्भीर घाइते भएका थिए ।

यस हमलामा खानको मेरुदण्ड र घाँटीमा गहिरो घाउसहित ६ स्थानमा चोट लागेको थियो । डाक्टरहरुले खानको मेरुदण्डबाट साढे दुई इन्च लामो चक्कु निकालिएको बताएका छन् ।

पछि मुम्बई प्रहरीले ठाणेबाट एक व्यक्तिलाई पक्राउ गरेको थियो ।

शेफअलीमाथि आक्रमण गर्ने को हुन्, कसरी गरेका थिए हमला ?

५ हजार करोडका मालिक शेफअली : पटौदीका ‘छोटे नवाब’देखि बलिउड अभिनेतासम्म

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register