बिर्तामोडमा घरभित्रै शंकास्पद मृत्यु, प्रहरी अनुसन्धान जारी
बिर्तामोड, ८ माघ । झापाको बिर्तामोड नगरपालिका वडा नं. ३, बिर्ताबजारमा ३८ वर्षीय सूर्य भन्ने गंगाबहादुर लिम्बू आफ्नै घरको कोठाभित्र ओछ्यानमा मृत अवस्थामा फेला परेका छन् । घरमा एक्लै बस्दै आएका लिम्बूको मृत्युबारे छिमेकीहरूले आज राति ८ः५० बजे प्रहरी चौकी बिर्ताबजारलाई जानकारी गराएका थिए । सूचना पाएपछि प्रहरी सहायक निरीक्षक पदम बिष्ट नेतृत्वको टोली घटनास्थलमा [...] The post बिर्तामोडमा घरभित्रै शंकास्पद मृत्यु, प्रहरी अनुसन्धान जारी appeared first on Jhapa Online.

बिर्तामोड, ८ माघ । झापाको बिर्तामोड नगरपालिका वडा नं. ३, बिर्ताबजारमा ३८ वर्षीय सूर्य भन्ने गंगाबहादुर लिम्बू आफ्नै घरको कोठाभित्र ओछ्यानमा मृत अवस्थामा फेला परेका छन् ।
घरमा एक्लै बस्दै आएका लिम्बूको मृत्युबारे छिमेकीहरूले आज राति ८ः५० बजे प्रहरी चौकी बिर्ताबजारलाई जानकारी गराएका थिए । सूचना पाएपछि प्रहरी सहायक निरीक्षक पदम बिष्ट नेतृत्वको टोली घटनास्थलमा पुगेर अनुसन्धान प्रक्रिया अघि बढाएको छ । घटनास्थल सुरक्षित राख्दै थप अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय बिर्तामोडबाट थप टोली खटिएको जानकारी प्रहरीले दिएको छ ।
घटनाको कारण हालसम्म खुल्न नसकेको र आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
The post बिर्तामोडमा घरभित्रै शंकास्पद मृत्यु, प्रहरी अनुसन्धान जारी appeared first on Jhapa Online.
What's Your Reaction?






