लस एन्जलसको जङ्गलमा फेरि आगलागी, हजारौं मानिसलाई सुरक्षित स्थानमा सारियाे

काठमाडौं । अमेरिकाको लस एन्जलसको जङ्गलमा फेरि भीषण आगलागी भएको छ । आगलागी फैलिएसँगै हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । अहिले आगो लागेको क्षेत्र सहरबाट ४५ किलोमिटर टाढा रहेको बीबीसीको समाचारमा उल्लेख छ । कास्टिक ताल नजिकैको पहाडी क्षेत्रमा आगलागी भएको हो । त्यहाँ नजिकै धेरै आवासीय क्षेत्र र स्कूलहरू छन् । आगलागीले आठ […]

Jan 23, 2025 - 03:49
 0
लस एन्जलसको जङ्गलमा फेरि आगलागी, हजारौं मानिसलाई सुरक्षित स्थानमा सारियाे

काठमाडौं । अमेरिकाको लस एन्जलसको जङ्गलमा फेरि भीषण आगलागी भएको छ । आगलागी फैलिएसँगै हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

अहिले आगो लागेको क्षेत्र सहरबाट ४५ किलोमिटर टाढा रहेको बीबीसीको समाचारमा उल्लेख छ ।

कास्टिक ताल नजिकैको पहाडी क्षेत्रमा आगलागी भएको हो । त्यहाँ नजिकै धेरै आवासीय क्षेत्र र स्कूलहरू छन् ।

आगलागीले आठ हजार एकडभन्दा बढी क्षेत्र जलेको छ । तीव्र हावा र सुख्खा झाडीहरूले आगो बढाउन इन्धनको रूपमा काम गरिरहेको अमेरिकी अधिकारीहरूले बताएका छन् ।

यस आगलागीबाट हालसम्म कुनै पनि घरमा क्षति नभए पनि करिब १९ हजार बासिन्दा घर छाड्न बाध्य भएका छन् ।

क्यालिफोर्निया राज्यमा पर्ने उक्त जङ्गलमा लागेको कआगो निभाउन बिहीबार बिहान दमकलको सहायतामा प्रयास जारी छ ।

लस एन्जलसमा आगलागी भएको एक साताभन्दा बढी भइसकेको छ । यसबाट धेरै मानिसका आलिशान घर ध्वस्त भएका छन् भने २५ जनाको ज्यान गएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register