कबड्डी लिग : प्रभावशाली प्रदर्शन गर्दै जनकपुर नाइट्स शीर्षस्थानमा
काठमाडौं । जनकपुर नाइट्सले केबी साम नेपाल कबड्डी लिग (एनकेएल)मा प्रभावशाली प्रदर्शन गर्दै शीर्षस्थान कब्जा गरेको छ । राष्ट्रिय खेलकुद परिषदको त्रिपुरेश्वरस्थित कभर्ड हलमा भइरहेको एनकेएलको लिग चरणमा जनकपुरले अपराजित रहँदै चार जित र एक बराबरीसँगै २३ अंक बनाएर शीर्षस्थान कब्जा गरेको हो । यससँगै जनकपुरले एनकेएलको क्वालिफायर १ खेल्ने पनि निश्चित गरेको छ । […]

काठमाडौं । जनकपुर नाइट्सले केबी साम नेपाल कबड्डी लिग (एनकेएल)मा प्रभावशाली प्रदर्शन गर्दै शीर्षस्थान कब्जा गरेको छ ।
राष्ट्रिय खेलकुद परिषदको त्रिपुरेश्वरस्थित कभर्ड हलमा भइरहेको एनकेएलको लिग चरणमा जनकपुरले अपराजित रहँदै चार जित र एक बराबरीसँगै २३ अंक बनाएर शीर्षस्थान कब्जा गरेको हो । यससँगै जनकपुरले एनकेएलको क्वालिफायर १ खेल्ने पनि निश्चित गरेको छ ।
राउन्ड रोबिन लिगका शीर्ष दुई टिमले क्वालिफायर १ खेल्नेछन् । त्यसअनुसार जनकपुर र दोस्रो स्थानमा रहेको विराटनगरबीच क्वालिफायर १ को प्रतिस्पर्धा सोमबार हुनेछ । क्वालिफायर १ को विजेता सिधै फाइनलमा प्रवेश गर्नेछ भने हार्ने टिमले फेरि मौका पाउनेछ ।
काठमाडौं र धनगढीले सोमबार इलिमिनेटरमा प्रतिस्पर्धा गर्नेछन् । इलिमिनेटरको विजेता र क्वालिफाइर १ मा पराजित टिमबीच क्वालिफायर २ खेल हुनेछ । जसको विजेताले क्वालिफायर १ को विजेताविरुद्ध एनकेएलको फाइनल खेल्नेछ । फ्रेन्चाइज टिमको प्रतियोगिता एनकेएलको पहिलो संस्करणको फाइनल माघ १८ गते हुनेछ ।
मुख्य प्रशिक्षक पार्वती राईले सम्हालेको जनकपुरले राउन्ड रोबिन लिगमा हिमालयन रेइडर्सलाई ३५–२४, धनगढी वाइल्डक्याट्सलाई ३७–३१, विराटनगर ब्यान्डिट्सलाई ४०–३८ र पोखरा लेकर्सलाई ३६–२९ ले पराजित गरेको थियो भने अन्तिम खेलमा घनश्याम रोका मगरको कप्तानीमा रहेको काठमाडौं माभरिक्सविरुद्ध ३९–३९ को रोमाञ्चक बराबरी खेल्दै अंक बाँडेको थियो ।
देशका ६ सहरका ६ टिम सहभागी एनकेएलको पहिलो संस्करणमा जनकपुर नाइट्स (२३), विराटनगर ब्यान्डिट्स (२१), काठमाडौं माभरिक्स (१९) र धनगढी वाइल्डक्याट्स (११) ले लिगको शीर्ष चारमा रहँदै प्ले–अफमा स्थान बनाएका छन् । पुछारका दुई टिम पोखरा लेकर्स (४ अंक) र बुटवलको हिमालयन रेइडर्स (७ अंक) भने लिग चरणबाटै बाहिरिए ।
एस्ट्रोनिक्स म्यानेजमेन्टद्वारा आयोजित एनकेएलमा ७ वा त्योभन्दा कम अन्तरको हारमा टिमले १ अंक पाउने प्रावधान छ । जित्ने टिमले ५ अंक र स्कोर बराबरी भएमा ३–३ अंक प्राप्त हुन्छ ।
कबड्डी लिग : हिमालयन रेइडर्सलाई पराजित गर्दै विराटनगर ब्यान्डिट्स प्ले–अफमा
What's Your Reaction?






