काठमाडौंबाट धनुषा जाँदै गरेको बसमा सवार यात्रु मृत भेटिए
काठमाडौं । काठमाडौंबाट धनुषाको जटही जाँदै गरेको बसमा सवार एक भारतीय नागरिक मृत फेला परेका छन् । सोमबार साँझ बसमा चढेका भारत विहार मधुबन्नी सिमरीका ५५ वर्षीय जगदिश यादव मंगलबार विहान बसको सिटमा मृत भेटिएका थिए । मधेश प्र.००४–००१ ख ०१५७ नम्बरको स्टार नामक बसमा सवार उनी बसमै मृत फेला परेपछि बसमा सवार अन्य यात्री […]

काठमाडौं । काठमाडौंबाट धनुषाको जटही जाँदै गरेको बसमा सवार एक भारतीय नागरिक मृत फेला परेका छन् ।
सोमबार साँझ बसमा चढेका भारत विहार मधुबन्नी सिमरीका ५५ वर्षीय जगदिश यादव मंगलबार विहान बसको सिटमा मृत भेटिएका थिए ।
मधेश प्र.००४–००१ ख ०१५७ नम्बरको स्टार नामक बसमा सवार उनी बसमै मृत फेला परेपछि बसमा सवार अन्य यात्री तथा बस चालकले प्रहरीलाई खबर गरेको बताइएको छ।
बसका चालक र सहचालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ । मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको प्रहरीले जनाएको छ ।
What's Your Reaction?






