प्रधानमन्त्री ओली थाइल्यान्ड प्रस्थान (तस्वीरहरू)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज (मङ्गलबार) थाइल्यान्डको औपचारिक भ्रमणमा गएका छन् । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को छैटौँ शिखर सम्मेलनमा भाग लिन उनी दिउँसो १२ः३० बजे बैङ्ककतर्फ प्रस्थान गरेका हुन् । प्रधानमन्त्री ओली नेतृत्वको भ्रमण टोली थाई एयरलाइन्सबाट बैङ्ककतर्फ प्रस्थान गरेको हो । थाइल्यान्डका प्रधानमन्त्री फेथोङथान सिनावात (पैटोङ्टार्न […]

Apr 1, 2025 - 09:17
 0
प्रधानमन्त्री ओली थाइल्यान्ड प्रस्थान (तस्वीरहरू)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज (मङ्गलबार) थाइल्यान्डको औपचारिक भ्रमणमा गएका छन् ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को छैटौँ शिखर सम्मेलनमा भाग लिन उनी दिउँसो १२ः३० बजे बैङ्ककतर्फ प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्री ओली नेतृत्वको भ्रमण टोली थाई एयरलाइन्सबाट बैङ्ककतर्फ प्रस्थान गरेको हो । थाइल्यान्डका प्रधानमन्त्री फेथोङथान सिनावात (पैटोङ्टार्न शिनावात्रा)को मैत्रीपूर्ण निमन्त्रणामा नेपालका प्रधानमन्त्रीबाट इतिहासमै पहिलो पटक थाइल्यान्डको औपचारिक भ्रमण भएको हो ।

भ्रमणका क्रममा प्रधानमन्त्रीस्तरमा द्विपक्षीय वार्ता भई पर्यटन र संस्कृतिका सन्दर्भमा दुई र गैरसरकारी क्षेत्रबीच ६ वटा समझदारीपत्रमा हस्ताक्षर हुनेछ । द्विपक्षीय वार्तापछि थाइल्यान्डका प्रधानमन्त्री सिनावातसँगै प्रधानमन्त्री ओलीले संयुक्त प्रेस ब्रिफिङमा भाग लिनेछन् । थाइल्यान्डका राजासँगको भेटपछि एकदिने औपचारिक भ्रमण सकिने छ ।

थाइल्यान्डमा रहँदा प्रधानमन्त्री ओलीले यही चैत २१ गते बिहान त्यहाका प्रतिष्ठित व्यवसायीहरूसँग भेटघाट र छलफल गर्नेछन् भने सोही दिन दिउँसो एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेछन् । साँझ बिमस्टेक शिखर सम्मेलनका नेताहरूलाई दिइने औपचारिक रात्रिभोजमा प्रधानमन्त्री ओली सहभागी हुनेछन् ।

प्रधानमन्त्री ओलीले चैत २२ गते बिमेस्टक शिखर सम्मेलनमा सहभागिता जनाउने तथा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । शिखर सम्मेलनलगत्तै बाँकी मुलुकका नेताहरूसँग सम्भव भएसम्म ‘साइडलाइन’ वार्ता गर्ने प्रधानमन्त्री ओलीको योजना रहेको छ ।

हेरौँ, तस्वीर ‍-

     

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register