गायत्री मन्दिर : पाँच दिवसीय अनुष्ठानको तयारी पूरा, सभामुखद्वारा उद्घाटन

झापा, १६ माघ । बिर्तामोडमा पहिलो पटक आयोजना गरिएको गायत्री माताको पाँच दिवसीय अनुष्ठानको सम्पूर्ण तयारी पूरा भएको छ । माघ २१ गतेसम्म सञ्चालन हुने अनुष्ठानको विहीवार बिहान प्रतिनिधि सभा नेपालका सभामुख देवराज घिमिरेले कलसमा गंगाजल अर्पण गरेर निसान यात्राको प्रारम्भ गर्ने कार्यक्रम रहेको छ । बिहान ८ बजे बिर्तामोड ५ स्थित बालाजी मन्दिर परिसरमा [...] The post गायत्री मन्दिर : पाँच दिवसीय अनुष्ठानको तयारी पूरा, सभामुखद्वारा उद्घाटन appeared first on Jhapa Online.

Jan 29, 2025 - 13:22
 0
गायत्री मन्दिर : पाँच दिवसीय अनुष्ठानको तयारी पूरा, सभामुखद्वारा उद्घाटन

झापा, १६ माघ । बिर्तामोडमा पहिलो पटक आयोजना गरिएको गायत्री माताको पाँच दिवसीय अनुष्ठानको सम्पूर्ण तयारी पूरा भएको छ । माघ २१ गतेसम्म सञ्चालन हुने अनुष्ठानको विहीवार बिहान प्रतिनिधि सभा नेपालका सभामुख देवराज घिमिरेले कलसमा गंगाजल अर्पण गरेर निसान यात्राको प्रारम्भ गर्ने कार्यक्रम रहेको छ ।

बिहान ८ बजे बिर्तामोड ५ स्थित बालाजी मन्दिर परिसरमा आयोजित कार्यक्रमकाबीच सभामुख घिमिरेले कलसमा गंगाजल अर्पण गरेपछि शोभायात्रा प्रारम्भ हुने र पाँचसय भन्दा बढी भक्तजनको सहभागीतामा बिर्तामोड नगर परिक्रमापछि गायत्री मन्दिर परिसरमा पुगेर कलसयात्रा बिर्सजन हुने कार्यक्रम रहेको कार्यक्रम संयोजक रौनक वंशलले जानकारी दिए । जसका लागि सम्पूर्ण तयारी पूरा भएको छ । आचार्य आशुुतोष खनालको संयोजनमा २१ जना ब्राम्हण र एक सय जना बटुक अनुष्ठानमा सहभागी रहने छन् ।

नेपाल तथा भारतमा ख्यातिप्राप्त भजन गायकद्वारा दैनिक भजन कीर्तनको आयोजना गरिएको र स्थानीय भजन कीर्तन मण्डलीले समेत पाँच दिनसम्म भजन कीर्तन गर्ने बताइएको छ । भजन कीर्तनका लागि कृष्ण भण्डारी, आयुष शर्मा, साहिल कोहली, धीरज सिंह राजपुत र नेहा सिंह राजपुत सहभागी हुने वंशलले जानकारी दिए । त्यस्तै अनुष्ठानमा सहभागीका लागि दैनिक महाप्रसाद बितरण गरिने मन्दिर निर्माण समितिले जनाएको छ ।

आगामी माघ २० गते नेपाल राष्ट्रका प्रथम ऐतिहासिक जगतगुरु अनन्त श्री विभूषित बालसन्त मोहनशरण देवाचार्य महाराजबाट विशेष प्रवचनको आयोजना गरिएको छ । आगामी माघ २१ गते विधि पूर्बक प्राण प्रतिष्ठा गरिने गायत्री मन्दिर सेवा समितिका कार्यक्रम संयोजक वंशलको भनाई छ । माताको प्राण प्रतिष्ठा कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले गर्ने कार्यक्रम तय भएको छ ।

बिर्तामोड – ५ स्थित अग्रसेन भवन परिसरमा दाता परिवारहरु, स्थानीय सरकार बिर्तामोड नगरपालिका र कोशी प्रदेश सरकारको संयुक्त लगानीमा गायत्री माताको मन्दिर निर्माण गरिएको हो । अढाई करोड रुपैयाँ लगानी गर्दै माताको मन्दिर निर्माण सम्पन्नसंगै मन्दिर उद्घाटन गर्नु पूर्व मन्दिरको सजावट, शनिश्चिरे रोड सरसफाईदेखि अनुष्ठान परिसर नजिकै घुम्ती सौचालय निर्माणको काम सम्पन्न भएको छ । मन्दिर परिसरमा निःशुल्क स्वास्थ्य शिविरको समेत आयोजना गरिएको छ । जसका लागि स्पाइन एक्स हस्पिटल प्रालिले निःशुल्क स्वास्थ्य जाँचको व्यवस्था मिलाएको छ ।

The post गायत्री मन्दिर : पाँच दिवसीय अनुष्ठानको तयारी पूरा, सभामुखद्वारा उद्घाटन appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register