महाकुम्भ मेला भागदौडमा मृत्यु हुनेको संख्या ३० पुग्यो
एजेन्सी । भारतको उत्तर प्रदेशमा हिन्दूहरूको महाकुम्भ मेलामा बुधबार बिहान भागदौड हुँदा मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ। भागदौडका क्रममा अन्य ६० जना घाइते भएको प्रहरीले जनाएको छ। गङ्गा, यमुना र सरस्वती नामको तीन नदीको सङ्गममा पवित्र स्नान गर्न मौनी अमावस्याको पवित्र दिन करिब १० करोड मानिस भेला भएका थिए। मृतक ३० मध्ये २५ जनाको […]
![महाकुम्भ मेला भागदौडमा मृत्यु हुनेको संख्या ३० पुग्यो](https://newsofnepal.com/wp-content/uploads/2025/01/mahakumbha-bhagdaud-.jpg)
![](https://newsofnepal.com/wp-content/uploads/2025/01/mahakumbha-bhagdaud--150x150.jpg)
एजेन्सी ।
भारतको उत्तर प्रदेशमा हिन्दूहरूको महाकुम्भ मेलामा बुधबार बिहान भागदौड हुँदा मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ। भागदौडका क्रममा अन्य ६० जना घाइते भएको प्रहरीले जनाएको छ।
गङ्गा, यमुना र सरस्वती नामको तीन नदीको सङ्गममा पवित्र स्नान गर्न मौनी अमावस्याको पवित्र दिन करिब १० करोड मानिस भेला भएका थिए। मृतक ३० मध्ये २५ जनाको सनाखत भइसकेको र बाँकी शवको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ।
स्थानीय समय अनुसार बिहान १:०० देखि २:०० बजेको बीचमा भागदौड भएको एक वरिष्ठ प्रहरी अधिकारीले बताएका छन्।
What's Your Reaction?
![like](https://hamroglobalmedia.com/assets/img/reactions/like.png)
![dislike](https://hamroglobalmedia.com/assets/img/reactions/dislike.png)
![love](https://hamroglobalmedia.com/assets/img/reactions/love.png)
![funny](https://hamroglobalmedia.com/assets/img/reactions/funny.png)
![angry](https://hamroglobalmedia.com/assets/img/reactions/angry.png)
![sad](https://hamroglobalmedia.com/assets/img/reactions/sad.png)
![wow](https://hamroglobalmedia.com/assets/img/reactions/wow.png)