प्याब्सन लुम्बिनीको अध्यक्षमा लालहरि पाण्डे निर्वाचित

बुटवल । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा लालहरि पाण्डे निर्वाचित भएका छन्। संस्थाको चौथो अधिवेशन अन्तर्गत बुधबार भए को मतदानमा प्रतिस्पर्धी लेखनाथ पौडेललाई ८० मत अन्तरले पराजित गर्दै पाण्डे दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । पाण्डेले २१७ मत पाएर विजयी हुँदा पौडेलले १३७ मत पाएका निर्वाचन समितिका संयोजक […]

Jan 30, 2025 - 05:23
 0
प्याब्सन लुम्बिनीको अध्यक्षमा लालहरि पाण्डे निर्वाचित

बुटवल ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा लालहरि पाण्डे निर्वाचित भएका छन्।

संस्थाको चौथो अधिवेशन अन्तर्गत बुधबार भए को मतदानमा प्रतिस्पर्धी लेखनाथ पौडेललाई ८० मत अन्तरले पराजित गर्दै पाण्डे दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । पाण्डेले २१७ मत पाएर विजयी हुँदा पौडेलले १३७ मत पाएका निर्वाचन समितिका संयोजक गोविन्दप्रसाद मरासिनीले जानकारी दिए । 

यस्तै वरिष्ठ उपाध्यक्षमा धनराज चापागाईँ २११ मत पाएर निर्वाचित भए । उनका प्रतिस्पर्धी केशव सापकोटाले १४४ मत पाए ।  सचिवमा कृष्णप्रसाद शर्मा १८७ मत पाएर विजयी हुँदा प्रतिस्पर्धी यम रावतले १७१ मत पाए।

दुई उपाध्यक्ष  पदमा अमरराज सुवेदी र महेशमान बज्राचार्य तथा कोषाध्यक्षमा महेश भुर्तेल र सहसचिवमा राजेन्द्रकुमार  आचार्य निर्विरोध निर्वाचित भएका छन्। यस्तै कार्यसमिति सदस्यमा हरि ज्ञवाली,उपेन्द्र गुप्ता,पूर्णबहादुर थापाराजु यादव र रोशन श्रेष्ठ निर्वाचित भएका  निर्वाचन समितिका संयोजक मरासिनीले जानकारी दिए । प्याब्सन लुम्बिनीमा करिब ५ सय विद्यालय आबद्ध छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register