आज राति खल्तीको सेवा नचल्ने
काठमाडौं । डिजिटल वालेट खल्तीको सेवा आज राति ९ बजेदेखि भोलि बिहान ४ बजेसम्म अवरुद्ध हुने भएको छ । सिस्टम अपग्रेड तथा माइग्रेसन गर्नुपर्ने भएका कारण आफ्ना सेवाहरू अस्थायी रूपमा अवरुद्ध हुन लागेको कम्पनीले जनाएको छ । काम सकिएपछि सेवाहरू पुनः सञ्चालनमा आउने जानकारी दिँदै कम्पनीले यस असुविधाप्रति क्षमा मागेको छ । यस्तो अपग्रेड प्रक्रियाले लामो अवधिमा सुरक्षा र कार्यक्षमता सुधार गर्ने कम्पनीको भनाइ छ ।

What's Your Reaction?






