गुठी संस्थानविरुद्ध स्वर्णद्वारीका मोही किसानको विरोध (तस्वीरहरू)

काठमाडौं । स्वर्णद्वारी गुठीका १६ हजारभन्दा बढी मोही किसान आफ्नो जोतभोग गरेको १९ हजार ४१० रोपनी जमिनमाथिको अधिकारको लागि आन्दोलित भएका छन् । २०७५ सालदेखि सङ्घर्षरत उनीहरूले गुठी संस्थानले आफ्नो मोहियानी भएको जमिन सरकारीकरण गर्न खोजेको भन्दै विरोधमा उत्रिएका हुन् । मोही किसानहरुले २०७९ सालदेखि काठमाडौं केन्द्रित आन्दोलन जारी राख्दै आएका छन् । उनीहरूले आफूले […]

Feb 2, 2025 - 05:33
 0
गुठी संस्थानविरुद्ध स्वर्णद्वारीका मोही किसानको विरोध (तस्वीरहरू)

काठमाडौं । स्वर्णद्वारी गुठीका १६ हजारभन्दा बढी मोही किसान आफ्नो जोतभोग गरेको १९ हजार ४१० रोपनी जमिनमाथिको अधिकारको लागि आन्दोलित भएका छन् ।

२०७५ सालदेखि सङ्घर्षरत उनीहरूले गुठी संस्थानले आफ्नो मोहियानी भएको जमिन सरकारीकरण गर्न खोजेको भन्दै विरोधमा उत्रिएका हुन् ।

मोही किसानहरुले २०७९ सालदेखि काठमाडौं केन्द्रित आन्दोलन जारी राख्दै आएका छन् । उनीहरूले आफूले जोतभोग गर्दै आएको जमिन आफ्नो नाममा दर्ता हुनुपर्ने माग गर्दै आएका छन् ।

हाल १२ वटा गाउँका १६ हजार किसानहरूसँग १९ हजार ४१० रोपनी जमिनको मोही हक रहेको छ । तर, गुठी संस्थानले किसानहरूको नाममा जमिन नदिई उल्टै सरकारीकरण गर्ने प्रयास गरिरहेको उनीहरूको आरोप छ ।

किसानहरूले गुठी संस्थान (२०२१) ऐनअनुसार आफ्नो मोही हक प्रमाणित गरी जमिन नामसारी गर्नुपर्ने माग गर्दै आएका छन् । गत साउन २ गते सरकारसँग भएको वार्ता निष्कर्षविहीन भएपछि उनीहरूले सङ्घर्षलाई अझ तीव्र बनाउने चेतावनी दिएका थिए ।

हेरौँ तस्वीरहरु-

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register