सुडान बन्यो विश्वकै अति भ्रष्ट देश, डेनमार्कमा भ्रष्टाचार सबैभन्दा कम, नेपालको स्थान कहाँ छ ? 

काठमाडौँ । सुडान विश्वकै सबैभन्दा धेरै भ्रष्टाचार हुने देश बनेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सार्वजनिक गरेको सूचकाङ्क अनुसार विश्वमै सबैभन्दा बढी भ्रष्टाचार हुने देशहरुको सूचीमा साउथ सुडान अग्र स्थानमा देखिएको हो ।  साउथ सुडानले कुल १०० मा जम्मा ८ अंक प्राप्त गरेको छ ।  ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अनुसार सूचकाङ्कमा १०० अंकको अर्थ अति स्वच्छ […]

Feb 11, 2025 - 10:21
 0
सुडान बन्यो विश्वकै अति भ्रष्ट देश, डेनमार्कमा भ्रष्टाचार सबैभन्दा कम, नेपालको स्थान कहाँ छ ? 

काठमाडौँ । सुडान विश्वकै सबैभन्दा धेरै भ्रष्टाचार हुने देश बनेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सार्वजनिक गरेको सूचकाङ्क अनुसार विश्वमै सबैभन्दा बढी भ्रष्टाचार हुने देशहरुको सूचीमा साउथ सुडान अग्र स्थानमा देखिएको हो । 

साउथ सुडानले कुल १०० मा जम्मा ८ अंक प्राप्त गरेको छ । 

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अनुसार सूचकाङ्कमा १०० अंकको अर्थ अति स्वच्छ र शून्य अंकले अति भ्रष्ट भन्ने जनाउँछ । त्यस्तै, विश्वमा सबैभन्दा कम भ्रष्टाचार हुने देशमा डेनमार्क परेको छ । डेनमार्कले कुल १०० अंकमा ९० अंक प्राप्त गरेको छ । पछिल्लो ७ वर्षदेखि डेनमार्क विश्वकै कम भ्रष्टाचार हुने देशमध्ये एक नम्बरमा रहँदै आएको छ । 

ट्रान्सपरेन्सीले १८० देशमा गरेको सर्वेक्षणमा नेपाल १०७औँ स्थानमा छ । नेपालले कुल १०० मा ३४ अंक मात्रै प्राप्त गरेको छ । यसले नेपालमा भ्रष्टाचारविरुद्ध प्रभावकारी कानून बनाएर कारवाही प्रक्रिया अगाडि बढाउनुपर्ने देखाउने जानकारहरुले बताएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register