जसपा नेपालको कार्यकारिणी समिति बैठक थप एकदिन लम्बियो

काठमाडौं । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक थप एकदिनको लागि लम्बिएको छ। ललितपुरको बालकुमारीमा शनिबारदेखि जारी  बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादवद्वारा प्रस्तुत कार्यसुची र एजेन्डामाथिको छलफल नटुङ्गिएकोले बैठक लम्बिएको यादवको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार  बैठक सोमबार ११ बजे पुनः बस्ने गरि आइतबार साँझ  स्थगित भएको हो । आइतबारको बैठकमा पार्टी […]

Feb 2, 2025 - 14:48
 0
जसपा नेपालको कार्यकारिणी समिति बैठक थप एकदिन लम्बियो

काठमाडौं । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक थप एकदिनको लागि लम्बिएको छ।

ललितपुरको बालकुमारीमा शनिबारदेखि जारी  बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादवद्वारा प्रस्तुत कार्यसुची र एजेन्डामाथिको छलफल नटुङ्गिएकोले बैठक लम्बिएको यादवको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार  बैठक सोमबार ११ बजे पुनः बस्ने गरि आइतबार साँझ  स्थगित भएको हो ।

आइतबारको बैठकमा पार्टी सुदृढिकरणका लागि चार महिनादेखि केन्द्रदेखि वडास्तरसम्मै जारी संगठन विस्तार अभियानको समीक्षा भएको बताइएको छ । क्षेत्रगत प्रगति विवरणसहित भएको छलफलमा उक्त अभियान अत्यन्तै उत्साहजनक, प्रभावकारी र परिणाममुखी भएको  निस्कर्ष निकालिएको  छ। यसअघि पहिलो र दोस्रो दिन सदस्यहरुले आ–आफ्नो जिम्मेवारी र तोकिएको क्षेत्रगत अभियानको प्रगति विवरण प्रस्तुत गरेका थिए।

बैठकमा पार्टीको केन्द्रीय सल्लाहकार समिति गठनका लागि नामावली संकलन गरिएको छ।  सचिवालयका अनुसार सोमबारको बैठकले संकलित नामावलीबाट समितिको नेतृत्व र अन्य बाँकी सदस्यहरु चयन गर्नेछ। तीनजना विभागिय प्रमुखसहित ३५ सदस्यीय कार्यकारिणी समितिमा नयाँ सदस्य थप्ने गरि यसअघि गठित कार्यदलले प्रस्तुत गरेको प्रतिवेदन उपर सोमबार छलफल हुने कार्यसूची रहेको छ।

बैठकले केहि संगठनको जिम्मेवारी हेरफेर गरेको छ, जसलाई सोमबार अन्तिम प्रारूप दिइने बताइएको छ।  पार्टीको आगामी कार्यदिशा, वर्तमान राजनीतिक अवस्था, निर्माण गर्न लागिएको मधेश केन्द्रित दलहरुको संयुक्त मोर्चा लगायतका एजेण्डामा सोमबार छलफल गर्नेगरी बैठक सम्पन्न हुने बताईएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register