सरस्वती पूजाको दिन अक्षरारम्भ… (तस्विरहरु)

काठमाडौँ । हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधनासहित बसन्त श्रवण गरेर मनाइन्छ । र यसवर्ष पनि आजको दिन विभिन्न कार्यक्रम गरेर विशेष रुपमा मनाइँदैछ ।  आजकै दिन सरस्वतीको मन्दिरमा विद्यार्थीको घुइँचो लाग्छ र आजकै दिन अभिभावकहरुले साना बालबालिकाहरुलाई अक्षरारम्भ गराउने चलन पनि छ ।  सरस्वती […]

Feb 3, 2025 - 04:18
 0
सरस्वती पूजाको दिन अक्षरारम्भ… (तस्विरहरु)

काठमाडौँ । हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधनासहित बसन्त श्रवण गरेर मनाइन्छ । र यसवर्ष पनि आजको दिन विभिन्न कार्यक्रम गरेर विशेष रुपमा मनाइँदैछ । 

आजकै दिन सरस्वतीको मन्दिरमा विद्यार्थीको घुइँचो लाग्छ र आजकै दिन अभिभावकहरुले साना बालबालिकाहरुलाई अक्षरारम्भ गराउने चलन पनि छ । 

सरस्वती पूजाको दिन बालबालिकालाई अक्षरारम्भ गराउँदा विद्या आउने विश्वास रही आएको छ । सोही विश्वास र चलन अनुसार काठमाडौँको स्वयम्भूस्थित सरस्वती मन्दिरमा अक्षरारम्भ गराउनेहरुको भीड लागेको छ । 

सोमबार बिहानैदेखि स्वयम्भूको सरस्वती मन्दिरमा बालबालिका र अभिभाकहरुको भीड लागेको छ । बालबालिकाहरुले मन्दिरको भित्तामा अक्षर लेखेर अक्षरारम्भ गरेका छन् । बाँकी तस्विरमा हेर्नुहोस्ः 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register