संवैधानिक परिषद्सम्बन्धी विधेयक पारित

काठमाडौं । प्रतिनिधि सभाले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक सर्वसम्मतीले पारित गरेको छ । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि छलफल गरियोस्’ भन्ने […]

Mar 31, 2025 - 10:58
 0
संवैधानिक परिषद्सम्बन्धी विधेयक पारित

काठमाडौं । प्रतिनिधि सभाले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक सर्वसम्मतीले पारित गरेको छ ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गरेका थिए ।

सो विधेयक पारित भएसँगै संवैधानिक निकायका पदाधिकारी नियुक्तिका लागि मार्ग प्रशस्त भएको छ । प्रतिनिधि सभाको अर्को बैठक आजै ३० मिनेटपछि बस्ने गरी स्थगित भएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register