बीवाईडी एसिया प्यासिफिक २०२५ डिलर कन्फ्रेन्समा साइमेक्स इङ्क सम्मानित

काठमाडाैं । बीवाईडी अटो इन्डष्ट्रिको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इङ्क प्रा.लि. चीनको सेन्झेनमा सम्पन्न बीवाईडी एसिया प्यासिफिक २०२५ डिलर कन्फ्रेन्समा सम्मानित भएको छ । कनेक्टेड, इन्स्पायर्ड, युनाइटेड थिममा आयोजित सो इभेन्टमा एसिया प्यासिफिक क्षेत्रमा उत्कृष्ट कार्य गरेका पार्टनरहरूलाई उनीहरूको अभूतपूर्व योगदानका लागि सम्मानित गरिएको थियो । नेपालमा दिगो मोबिलिटीलाई अगाडि बढाउन नेतृत्व लिए बापत साइमेक्स इङ्क विभिन्न […]

Apr 2, 2025 - 11:07
 0
बीवाईडी एसिया प्यासिफिक २०२५ डिलर कन्फ्रेन्समा साइमेक्स इङ्क सम्मानित

काठमाडाैं । बीवाईडी अटो इन्डष्ट्रिको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इङ्क प्रा.लि. चीनको सेन्झेनमा सम्पन्न बीवाईडी एसिया प्यासिफिक २०२५ डिलर कन्फ्रेन्समा सम्मानित भएको छ ।

कनेक्टेड, इन्स्पायर्ड, युनाइटेड थिममा आयोजित सो इभेन्टमा एसिया प्यासिफिक क्षेत्रमा उत्कृष्ट कार्य गरेका पार्टनरहरूलाई उनीहरूको अभूतपूर्व योगदानका लागि सम्मानित गरिएको थियो ।

नेपालमा दिगो मोबिलिटीलाई अगाडि बढाउन नेतृत्व लिए बापत साइमेक्स इङ्क विभिन्न प्रतिष्ठित पुरस्कारबाट सम्मानित भएको छ । साइमेक्स इङ्कले अल ब्रान्ड टप सेल्स अवार्ड, एसिया प्यासिफिक आउटस्ट्यान्डिङ स्ट्राटेजिक पार्टनर अवार्ड, २०२४ एक्सिलेन्ट पार्टनर अवार्ड  र टप २० स्टोर अवार्ड प्राप्त गरेको छ ।

 यसका साथै, बिक्री कार्यमा असाधारण उपलब्धिका साथ योगदान गरेबापत धेरै व्यक्तिहरूलाई सम्मानित गरिएको छ । जसमा लुज महर्जन, निराजन खनाल र सनम शेखले टप सेल्स अवार्ड प्राप्त गरेका छन् ।

नेपालमा बीवाईडीलाई सफल बनाउनका लागि महत्त्वपूर्ण भूमिका खेल्ने डिलर नेटवर्कको उपलब्धिमा समेत साइमेक्स इङ्क सहभागी बनेको छ । यस अनुसार बीवाईडीको दाङका लागि आधिकारिक डिलर टिम एलेभेन ईभी वर्ल्ड प्रा.लि. ले २०२४ आउटस्ट्यान्डिङ मार्केटिङ डिलर अवार्ड प्राप्त ग-यो ।

त्यसैगरी चितवनको डिलर युरो अटो ग्रिन प्रा.लि. ले २०२४ एक्सिलेन्ट पार्टनर अवार्ड र वीरगन्जको डिलर निरज अटोमोबाइल्स प्रा.लि. ले २०२४ वेस्ट सेल्स ग्रोथ डिलर अवार्ड प्राप्त गरे ।

‘यी प्रतिष्ठित पुरस्कार नेपालमा भएका हाम्रो टिम र डिलर पार्टनरको समर्पण र कडा परिश्रमका प्रतीक हुन् । ईभी क्रान्तिमा हामीले नेतृत्व लिइरहेको अवस्थामा, आगामी दिनमा समेत हाम्रा ग्राहकलाई नवप्रवर्तन र दिगो मोबिलिटी समाधान उपलब्ध गराउने कार्यमा हामी प्रतिबद्ध छौ ।’, साइमेक्स इंक प्रा.लि. का अध्यक्ष अनिल श्रेष्ठले भने ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register