बादलले भने – जनयुद्ध हिंसा नै हो

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले जनयुद्ध हिंसा नै भएको बताएका छन् । अछाममा पार्टीको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने, “जनयुद्ध भनेको हिंसा नै हो । जनयुद्ध भनेको युद्ध हो, युद्ध भनेकै हिंसा हो । हिंसा भनेको फरक पाटो हो, त्यहाँ मर्न र मार्ने हुन्छ । त्यसकारण अहिले […]

Feb 6, 2025 - 10:54
 0
बादलले भने – जनयुद्ध हिंसा नै हो

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले जनयुद्ध हिंसा नै भएको बताएका छन् ।

अछाममा पार्टीको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, “जनयुद्ध भनेको हिंसा नै हो । जनयुद्ध भनेको युद्ध हो, युद्ध भनेकै हिंसा हो । हिंसा भनेको फरक पाटो हो, त्यहाँ मर्न र मार्ने हुन्छ । त्यसकारण अहिले हाम्रो अध्यक्षले भनेकोमा मेरो कुनै आपत्ति छैन । त्यो कुरालाई माओवादीले पनि मान्छ ।”

हिंसा भनेको वर्गसङ्घर्ष भएको उनको भनाइ छ ।

जनयुद्धलाई हिंसा भनेको भन्दै केही समयअगाडि प्रतिनिधि सभामा एमाले-माओवादी केन्द्रका सांसदहरूबीच आरोपप्रत्यारोप नै चलेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register