दैलेखमा भूकम्पको धक्का
काठमाडौं । दैलेखमा भूकम्पको धक्का महसुस गरिएको छ । मंगलबार साँझ ५ः२० बजे दैलेखको तोलीजैसी आसपास केन्द्र भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार भूकम्पको धक्का अछाम, सुर्खेत, कालीकोटसहित आसपासमा पनि महसुस गरिएको थियो । यसअघि ११ माघमा पर्वत केन्द्र भएर भूकम्प गएको थियो ।

काठमाडौं । दैलेखमा भूकम्पको धक्का महसुस गरिएको छ । मंगलबार साँझ ५ः२० बजे दैलेखको तोलीजैसी आसपास केन्द्र भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार भूकम्पको धक्का अछाम, सुर्खेत, कालीकोटसहित आसपासमा पनि महसुस गरिएको थियो ।
यसअघि ११ माघमा पर्वत केन्द्र भएर भूकम्प गएको थियो ।
What's Your Reaction?






