राष्ट्रिय रमणीय आदर्श माविद्वारा रुद्र–गौरी श्री–अम्बिका ओली प्रतिष्ठानलाई सम्मान

झापा, २२ माघ । राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालय शिवशताक्षी–११ ले रुद्र–गौरी श्री–अम्बिका ओली प्रतिष्ठान भद्रपुर–७ लाई सम्मान गरेको छ । विद्यालयको ५५औ वार्षिकोत्सको अवसरमा प्रतिष्ठानलाई सम्मान गरिएको हो । प्रतिष्ठानले विद्यालयमा अध्ययनरत जेहनदार, अनुशासित, अतिरिक्त क्रियाकलापमा उत्कृष्ट आर्थिक अवस्था कमजोर भएका १०१ जना छात्रछात्राहरुलाई १०१ थान ट्रयाकसुट वितरण गरेको थियो । प्रतिष्ठानको शैक्षिक कार्यक्रम [...] The post राष्ट्रिय रमणीय आदर्श माविद्वारा रुद्र–गौरी श्री–अम्बिका ओली प्रतिष्ठानलाई सम्मान appeared first on Jhapa Online.

Feb 4, 2025 - 13:37
 0
राष्ट्रिय रमणीय आदर्श माविद्वारा रुद्र–गौरी श्री–अम्बिका ओली प्रतिष्ठानलाई सम्मान

झापा, २२ माघ । राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालय शिवशताक्षी–११ ले रुद्र–गौरी श्री–अम्बिका ओली प्रतिष्ठान भद्रपुर–७ लाई सम्मान गरेको छ ।

विद्यालयको ५५औ वार्षिकोत्सको अवसरमा प्रतिष्ठानलाई सम्मान गरिएको हो । प्रतिष्ठानले विद्यालयमा अध्ययनरत जेहनदार, अनुशासित, अतिरिक्त क्रियाकलापमा उत्कृष्ट आर्थिक अवस्था कमजोर भएका १०१ जना छात्रछात्राहरुलाई १०१ थान ट्रयाकसुट वितरण गरेको थियो ।

प्रतिष्ठानको शैक्षिक कार्यक्रम अन्तर्गत ट्रयाकसुट वितरण गरी विद्यार्थीलाई विद्यालय आउने वातावरण सहज बनाइदिएकोमा उक्त कार्यको प्रशंसा गर्दै विद्यालयका प्रधानाध्यापक गिरिराज शेर्मा, शिक्षकद्वय यादव घिमिरे र राकेश चौधरी लगायतको टोली घरमै पुगेर प्रतिष्ठानका कोषाध्यक्ष यज्ञप्रसाद ओली (गोपाल)लाई दोसल्ला ओडाएर सम्मान–पत्र प्रदान गरिएको हो ।

The post राष्ट्रिय रमणीय आदर्श माविद्वारा रुद्र–गौरी श्री–अम्बिका ओली प्रतिष्ठानलाई सम्मान appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register