मिश्र प्यानलको जित सुनिश्चित बन्दै

काठमाडौं । नेपाल बार एसोसिएसनको अहिलेसम्म जारी मतगणना अनुसार प्रा.डा विजयप्रसाद मिश्रको प्यानलको जित सुनिश्चित बन्दै गएको छ । बुधबारसम्मको मतगणनाअनुसार अध्यक्षका प्रत्यासी वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठको तुलनामा मिश्रले फराकिलो अग्रता बढाउँदै लानुभएको छ । ललितपुर जिल्ला तथा पाटन उच्च बारको मात्रै गणना बाँकी रहँदा यस्तो स्थिति देखिएको थियो । प्रा. मिश्र नेकपा एमाले र […]

Apr 10, 2025 - 03:47
 0
मिश्र प्यानलको जित सुनिश्चित बन्दै

काठमाडौं ।

नेपाल बार एसोसिएसनको अहिलेसम्म जारी मतगणना अनुसार प्रा.डा विजयप्रसाद मिश्रको प्यानलको जित सुनिश्चित बन्दै गएको छ ।

बुधबारसम्मको मतगणनाअनुसार अध्यक्षका प्रत्यासी वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठको तुलनामा मिश्रले फराकिलो अग्रता बढाउँदै लानुभएको छ । ललितपुर जिल्ला तथा पाटन उच्च बारको मात्रै गणना बाँकी रहँदा यस्तो स्थिति देखिएको थियो ।

प्रा. मिश्र नेकपा एमाले र नेपाली कांग्रेस निकट कानुन व्यवसायीको प्यानल लोकतान्त्रिक, प्रगतिशील, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहका उम्मेदवार हुनुहुन्छ । श्रेष्ठ नेकपा माओवादी निकट व्यावसायिक कानुन व्यवसायी समूहका उम्मेदवारका हुनुहुन्छ ।

३ हजार ९ सय ९५ मत गन्न बाँकी रहँदा मिश्रले ३ हजार ३ सय ८९ मत पाउनुभएको छ भने श्रेष्ठले १ हजार ५ सय ४१ मत पाउनुभएको छ । यसै गरी महासचिवमा वरिष्ठ अधिवक्ता केदार कोइरालाले ३ हजार २ सय ५४ मत प्राप्त गर्दा यज्ञमणि न्यौपानेले पाएको मत १ हजार ३ सय ९९ रहेको छ । बार निर्वाचनमा ७ हजार ९ सय ९५ मत खसेको थियो । बिहीबारसम्ममा मतपरिणाम आइसक्ने छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register