झापाको मेचीपुलबाट खैरो हेरोइनसहित श्रीमान–श्रीमती पक्राउ

झापा, २४ माघ । झापाको मेचीनगर नगरपालिका–६ स्थित मेचीपुलबाट लागुऔषध खैरो हेरोइनसहित प्रहरीले श्रीमान–श्रीमतीलाई पक्राउ गरेको छ । बुधबार साँझ मेचीनगर–६ मेचीपुल स्थितमा लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ सिटी सफारीमा आउँदै गरेका मोरङ पथरी–शनिश्वरे नगरपालिका–६ का ३० वर्षीय इश्वर भुजेल र उनको श्रीमती ३८ वर्षीया शान्ति आङ्देम्बे (भुजेल) पक्राउ गरेको जिल्ला [...] The post झापाको मेचीपुलबाट खैरो हेरोइनसहित श्रीमान–श्रीमती पक्राउ appeared first on Jhapa Online.

Feb 6, 2025 - 03:34
 0
झापाको मेचीपुलबाट खैरो हेरोइनसहित श्रीमान–श्रीमती पक्राउ

झापा, २४ माघ । झापाको मेचीनगर नगरपालिका–६ स्थित मेचीपुलबाट लागुऔषध खैरो हेरोइनसहित प्रहरीले श्रीमान–श्रीमतीलाई पक्राउ गरेको छ ।

बुधबार साँझ मेचीनगर–६ मेचीपुल स्थितमा लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ सिटी सफारीमा आउँदै गरेका मोरङ पथरी–शनिश्वरे नगरपालिका–६ का ३० वर्षीय इश्वर भुजेल र उनको श्रीमती ३८ वर्षीया शान्ति आङ्देम्बे (भुजेल) पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

शंका लागेर चेकजाँच गर्दा उनीहरुको साथबाट प्रतिबन्धित लागुऔषध खैरो हेरोईन प्लाष्टिकसहित २ ग्राम ६९० मिलिग्राम (प्लाष्टिकबाहेक २ ग्राम) फेला परेकाले दुवै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

The post झापाको मेचीपुलबाट खैरो हेरोइनसहित श्रीमान–श्रीमती पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register