हेर्नुहोस् आजको राशीफल (२०८१ फागुन १६ गते शुक्रबार)

मेष : कुनै कुराले मनमा शान्ति छाउनेछ। वाणीमा कुशलता आउने दिन छ। सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। सहयोगीले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। वृष : मन प्रफुल्लित रहनेछ। आफन्त वा इष्टमित्रमा कसैलाई सन्तान लाभ हुन सक्छ। कामको सन्दर्भमा आउने प्रतिस्पर्धीलाई किनारा लगाउँदै महत्त्वपूर्ण उपलब्धि हासिल गर्न सकिनेछ। मिथुन : अनुहारमा कान्ति र मनमा [...] The post हेर्नुहोस् आजको राशीफल (२०८१ फागुन १६ गते शुक्रबार) appeared first on Jhapa Online.

Feb 28, 2025 - 00:47
 0
हेर्नुहोस् आजको राशीफल (२०८१ फागुन १६ गते शुक्रबार)

मेष : कुनै कुराले मनमा शान्ति छाउनेछ। वाणीमा कुशलता आउने दिन छ। सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। सहयोगीले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ।

वृष : मन प्रफुल्लित रहनेछ। आफन्त वा इष्टमित्रमा कसैलाई सन्तान लाभ हुन सक्छ। कामको सन्दर्भमा आउने प्रतिस्पर्धीलाई किनारा लगाउँदै महत्त्वपूर्ण उपलब्धि हासिल गर्न सकिनेछ।

मिथुन : अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ। मनपर्ने व्यक्तिसँग भेटघाट हुनेछ। परीक्षामा उत्तीर्ण हुन सकिनेछ। लामो यात्रा सुखद र सफल हुनेछ। प्रेमीको साथ र सहयोग मिल्नेछ। पुँजी बजारले पनि साथ दिनेछ।

कर्कट : आयव्यय बराबर हुनेछ। बलले भन्दा बुद्धिले निर्णय लिनु उचित हुनेछ। बेलुकीपख पारिवारिक जमघटमा मन रमाउनेछ। कामबाट फुर्सद मिल्ला। रोकिएका काम पुनः सुरु हुनेछन्।

सिंह : मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ। रोकिएका काम पुनः सुरु हुनेछन्‌। प्रेम र दाम्पत्य जीवन सुखमय रहनेछ। आतिथ्यपूर्ण सम्मान पाइएला। आफन्त वा इष्टमित्रसँग पुनर्मिलनको योग छ।

कन्या : गरेको काममा सफलता मिल्नेछ। नजिकका व्यक्तिले भरपुर सहयोग गर्नेछन्। प्राविधिक काममा पनि सफल भइनेछ। परिवारसँग रमाइलो भेटघाट हुनेछ। यात्रा गर्दा ध्यान दिनुहोला, बाटोमा दुःख हुन सक्छ। शुभकार्यको चर्चा चल्नेछ।

तुला : धेरै प्रयत्न गर्दा मात्र व्यावसायिक काम सम्पादन हुनेछ। घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ। विगतका समस्या बल्झिन सक्छन्। साँझमा अप्ठेरो काम सम्पादन हुनेछ। भ्रमणको योजना पनि बन्नेछ।

वृश्चिक : सुखदुःख बराबरी रहला। महत्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नु नै उचित हुनेछ। नजिकका व्यक्तिबाट कार्यमा बाधा आइपर्ला। पढाइलेखाइमा पनि खासै प्रगति गर्न नसकिने देखिन्छ।

धनु : आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्नेछ। पारिवारिक भेटघाटमा व्यस्त भइएला। घरमा अतिथिको आगमन हुनेछ। कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला।

मकर : आज गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ। रोकिएको काम दोहोर्‍याएर गर्दा सम्पन्न हुनेछ। दिनको उत्तरार्धमा भने धन खर्च बढ्नेछ। स्वास्थ्य राम्रो रहनेछ। परिवारिक खुसी पनि मिल्नेछ।

कुम्भ : आफन्तलाई खुसीको समाचार दिन सकिन्छ। एउटै कामबाट दोहोरो लाभ हुनेछ। सोचेअनुरूप काम गर्न पाउँदा मन प्रसन्न रहनेछ भने पारिवारिक सुख प्राप्त हुनेछ। धर्म, संस्कृति, कला तथा साहित्यमा रुचि बढ्नेछ।

मीन : मनमा दुबिधा उत्पन्न होला। कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला। आफूले नजानेको काममा हात नहाल्नु नै हितकर हुनेछ। मध्य दिनपछि रोकिएका अधुरा कार्यले पूर्णता पाउनेछन्।

The post हेर्नुहोस् आजको राशीफल (२०८१ फागुन १६ गते शुक्रबार) appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register