संविधान संशोधन गर्न थप केही समय लाग्न सक्छ : एमाले नेता भट्टराई

रामेछाप । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा बाग्मती प्रदेश कमिटीका इन्चार्ज डाक्टर राजन भट्टराईले संविधान संशोधनका लागि थप समय लाग्ने बताएका छन्। बिहीबार प्रेस चौतारी नेपाल रामेछापले आयोजन गरेको पत्रकार सम्मेलनमा पत्रकारहरूले राखेको जिज्ञासाको उत्तर दिँदै डाक्टर भट्टराईले यस्तो बताएका हुन्। संविधान संशोधनका लागि प्रतिपक्षको समेत सहमति चाहिने भएकाले थप समय लाग्ने बताएका हुन् […]

Feb 6, 2025 - 11:59
 0
संविधान संशोधन गर्न थप केही समय लाग्न सक्छ : एमाले नेता भट्टराई

रामेछाप ।

नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा बाग्मती प्रदेश कमिटीका इन्चार्ज डाक्टर राजन भट्टराईले संविधान संशोधनका लागि थप समय लाग्ने बताएका छन्। बिहीबार प्रेस चौतारी नेपाल रामेछापले आयोजन गरेको पत्रकार सम्मेलनमा पत्रकारहरूले राखेको जिज्ञासाको उत्तर दिँदै डाक्टर भट्टराईले यस्तो बताएका हुन्।

संविधान संशोधनका लागि प्रतिपक्षको समेत सहमति चाहिने भएकाले थप समय लाग्ने बताएका हुन् । सरकार निर्माणका समयमा संविधान संशोधन गर्ने सहमति भए पनि कुन कुन विषयमा संशोधन हुने भन्ने बारेमा छलफल नभएको समेत उनले बताए ।

पत्रकार सम्मेलनमा भट्टराईले मुलुकलाई अप्ठेरो परेका बेला नेपाली काँग्रेस र नेकपा एमाले मिल्ने गरेको बताए । जनता दिएको मतका आधरमा जिम्मेवारी बढी एमाले र काँग्रेसको काँधमा रहेको समेत भट्टराईले बताए । केपी ओलिले सरकार बनेपछि देश सकारात्मक बाटोमा हिँडे गरेको बताए । अर्थतन्त्र लगाएका सूचकमा सुधार भएको समेत उनको दाबी रहेको थियो ।

अर्को प्रसङ्गमा उनले सरकारले अध्यादेश मार्फत शासकीय सुधारलाई प्राथमिकता दिँदै जन अपेक्षित ऐन, कानुन निर्माणमा लागेको बताए । अहिले सरकारले देशलाई प्रविधिसँग जोड्दै (आइटी) क्षेत्रबाट आर्थिक विकासलाई जोड् दिइएको बताउँदै जारी भएका अध्यादेशहरूले समेत सूचना प्रविधिको क्षेत्रमा फड्को मार्ने गरी काम गर्न सक्ने विश्वास व्यक्त गरे ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register