शिवसताक्षीका ज्येष्ठ नागरिकसँग नगरप्रमुखको सम्वाद

शिवसताक्षी, २४ माघ । झापाको शिवसताक्षीमा ज्येष्ठ नागरिकसँग मेयर कार्यक्रम लोकप्रिय बनेको छ । नगरप्रमुखलाई प्रत्यक्ष आफ्ना कुरा राख्न पाउँदा नगरपालिका भित्रका ज्येष्ठ नागरिकहरुले खुसी व्यक्त गरेका छन् । आज शिवसताक्षीको दूधेमा भएको कार्यक्रममा नगरका ज्येष्ठ नागरिकहरुले आफ्ना समस्या र गुनासहरु खुलेरै राखेका छन् । शिवसताक्षीको दूधेमा रहेको ज्येष्ठ नागरिक भवनमा भएको कार्यक्रममा ज्येष्ठ नागरिकहरुले [...] The post शिवसताक्षीका ज्येष्ठ नागरिकसँग नगरप्रमुखको सम्वाद appeared first on Jhapa Online.

Feb 6, 2025 - 16:01
 0
शिवसताक्षीका ज्येष्ठ नागरिकसँग नगरप्रमुखको सम्वाद

शिवसताक्षी, २४ माघ । झापाको शिवसताक्षीमा ज्येष्ठ नागरिकसँग मेयर कार्यक्रम लोकप्रिय बनेको छ । नगरप्रमुखलाई प्रत्यक्ष आफ्ना कुरा राख्न पाउँदा नगरपालिका भित्रका ज्येष्ठ नागरिकहरुले खुसी व्यक्त गरेका छन् ।

आज शिवसताक्षीको दूधेमा भएको कार्यक्रममा नगरका ज्येष्ठ नागरिकहरुले आफ्ना समस्या र गुनासहरु खुलेरै राखेका छन् । शिवसताक्षीको दूधेमा रहेको ज्येष्ठ नागरिक भवनमा भएको कार्यक्रममा ज्येष्ठ नागरिकहरुले हाम्रो पनि स्थानीय निकाय रहेछ । हाम्रा कुराहरु सुन्नकै लागि कार्यक्रमको आयोजना गरिएकोमा नगरप्रमुखलाई धन्यवाद दिएका छन् ।

ज्येष्ठ नागरिकहरुलो नगरप्रमुखसँग आफ्ना कुरा राख्दै भने हामी बृद्ध बृद्धाहरुलाई कुनै पनि सरकारी निकायमा जाँदा मान्छे नै गन्दैनन् । गाडीमा यात्रा गर्दा त्यतिकै समस्या छ । सरकारले दिएको सवारी साधनमा दिइने छुट पनि दिदैनन् बरु बसका कन्डक्टरले हप्काउँछन् । बृद्ध भत्ता आउँछ त बुढा पैसो तिर्नु पर्देन भन्ने गरेको कार्यक्रममा सहभागीहरुले नगरप्रमुखसँग गुनासो गरे ।

उपचारका लागि सरकारले दिएको वीमा सौलियतको रेफर सुरुङ्गाबाट लिनु पर्ने बाध्यता किन रहयो । ज्येष्ठ नागरिकहरुले आफ्ना छोरा छोरी नाति नातिनाहरु लागु औषध दुव्र्यसनीमा फस्दा आफुहरु असुक्षित हुने भन्दै नगरप्रमुखलाई त्यस्तो गतिविधी रोक्न कडा कदम चाल्न सुझाब दिएका छन् । नगरपालिकाले वर्षेनी ज्येष्ठ नागरिकका लागि छुट्याइको बजेटबाट तिर्थाटन गर्दा व्यवस्थापन राम्रो नभएको, सबै वडाहरुमा ज्येष्ठ नागरिक चौतारी तथा भवन नभएको समेत कुरा राखेका थिए ।

नगरप्रमुख मेगाहाङ्ग थोप्राले नगरका ज्येष्ठ नागरिकहरुलाई भेट्ने, उहाँको कुरा सुन्ने र उहाँहरुको समस्याहरुको समाधान गर्ने उद्देश्यले ज्येष्ठ नागरिक नगर समितिले कार्यक्रम आयोजना गरिएको बताए । उनले ज्येष्ठ नागरिकका अनुभव, योग्यता, समाजलाई सही मार्गदर्शन दिने ज्ञान, सीप र क्षमता रहेको बताए ।

उनले भने, ज्येष्ठ नागरिकले समाज, परिवार, देशलाई दिनु भएको योगदानको उच्च सम्मान छ । अब ज्येष्ठ नागरिकहरु आफ्नो जीवनको उद्धार्धमा आइपुग्दा हामीले पनि केही दिन सक्छौ भन्ने भावना जागृत भएको नगरप्रमुखले बताए । नगरप्रमुखले ठट्यौली गर्दै भने, म पनि ५२ वर्षको भए, अब केही वर्ष पछि तपाइँहरु जस्तै ज्येष्ठ नागरिकको रुपमा हुनेछु । त्यसबेलाका लागि पनि मैले अहिले तपाइँहरुका लागि कुनै कुनै नयाँ काम गर्नेछु । आउँदो दशैमा हुने तपाईँहरुले सरप्राइज पाउनुहुने छ ।

ज्येष्ठ नागरिकको गुनासहरुको जवाफ दिदै नगरप्रमुखले वीमा उपचार रेफरका लागि शिवसताक्षीका उत्तरी क्षेत्रका लागि सुरुङ्गाबाट सेवा लिन सजिलो र दक्षिणी भेगका लागि शिवसताक्षीको शिवगञ्ज स्वास्थ्य केन्द्रबाट दिने व्यवस्था मिलाइएको छ । ज्येष्ठ नागरिकको उपचारका लागि दमक तथा विर्तामोड सम्म जानु पर्ने बाध्यता हटाउन शिवसताक्षीको शिवगञ्ज अस्पतालमा पाँच जना डाक्टरहरुको व्यवस्था गर्ने तयारी भइरहेको उनले बताए ।

अस्पताल सञ्चालन गर्न भवनले पूर्णता नपाएको केही प्राविधिक समस्या छन् त्यसको समाधान गरेपछि शिवसताक्षी मै उच्च स्तरको सेवा प्रदान गरिने छ। सवारी साधनमा ज्येष्ठ नागरिकहरुलाई दुव्र्यवहार र छुट नदिएको विषयमा झापाका सबै स्थानीयतहका प्रमुखहरुसँग समन्वय गरी सिडिआसँग कुरा राख्ने र यातायात व्यवसायी छलफलबाट टुंग्याउने उनले बताए । माधक पदार्थ तथा लागु औषध विरुद्ध अभियान चलाउन १५ पालिकाको समन्वयमा जिल्ला व्यापी रुपमा कार्यक्रम गर्ने छलफल भइरहेको छ । एउटा मात्र पालिकामा नियन्त्रण गर्दा मिछेकी पालिकामा गएर सेवन गर्ने भएकाले जिल्ला व्यापीरुपमा कार्यक्रम गर्नु पर्ने नगरप्रमुखले बताए । नगरप्रमुखले ज्येष्ठ नागरिकहरु घरमा समस्या भए एक्लै कुरा राख्न समेत सुविधा दिएका थिए ।

कार्यक्रममा शिवसताक्षी नगरपालिकाका वडा नं. ११ का वडाध्यक्ष बहादुर आङ्गबोले ज्येष्ठ नागरिकहरु दिउँदो भगवान भएकाले तपाईहरुको योगदान, दुःख र मेहनतले आज हामी यहाँसम्म आइपुगेको बताए । वडाबाट ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण, विभिन्न मोठ मन्दिरहरुमा तीर्थ यात्रा गराइरहेको जानकारी दिए । उनका अनुसार ज्येष्ठ नागरिकहरुका लागि वडाले वर्षेनी एक लाख बजेट विनियोजन गर्दै आएको छ ।

कार्यक्रममा वडा नं. ८, ९, १० र ११ का दुई दुई जना ८० वर्ष माथिका बृद्ध बृद्धालाई सम्मान गरिएको थियो । सम्मानित हुने हरुमा सागरनाथ चापागाइँ, लक्ष्मी अधिकारी, मनमाया जवेगु, सत्य नारायण चौधरी, कृष्णध्वज लिङदेन, चन्द्रकला भट्टराई, कौशिला खनाल, र पदपप्रसाद जवेगु रहेका छन् । ज्येष्ठ नागरिकका तर्फबाट अम्बिका अधिकारी, पुन्य प्रसाद मैनाली, गेहनाथ नेपाल, विदनिधी रिजाल, यामप्रसाद अधिकारी, तेजबहादुर भट्टराई, जयश्वर आङ्गदेम्बे, पदमप्रसाद जवेगुले ज्येष्ठ नागरिकका समस्या र गुनासाहरु राखेका थिए । ज्येष्ठ नागरिक ११ नं. वडा समिति अध्यक्ष मित्रप्रसाद थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन ज्येष्ठ नागरिक नगर उपाध्यक्ष नरपति पाठकले गरेका थिए ।

The post शिवसताक्षीका ज्येष्ठ नागरिकसँग नगरप्रमुखको सम्वाद appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register