तीन दिन बढेको सुनको मूल्य आज घट्यो

काठमाडौं । नेपाली बजारमा लगातार तीन दिन बढेको सुनको मूल्य शुक्रबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ४ सय रूपैयाँले घटेको हो । सुन आज तो‍लाको १ लाख ६८ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ । यसअघि बिहीबार सुन तोलामा १६ सय, बुधबार २२ सय र मङ्गलबार १९ […]

Feb 7, 2025 - 05:18
 0
तीन दिन बढेको सुनको मूल्य आज घट्यो

काठमाडौं । नेपाली बजारमा लगातार तीन दिन बढेको सुनको मूल्य शुक्रबार घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ४ सय रूपैयाँले घटेको हो ।

सुन आज तो‍लाको १ लाख ६८ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि बिहीबार सुन तोलामा १६ सय, बुधबार २२ सय र मङ्गलबार १९ सय रूपैयाँले बढेको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । शुक्रबार चाँदी तोलामा ५ रूपैयाँले बढेर १ हजार ९ सय ८५ रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register