ब्रिटिश सेनामा भर्ती भएका नेपालीलाई बेलायती राजकुमारले खुवाए शपथ
काठमाडौं । नेपाल भ्रमणमा रहेका बेलायतका राजकुमार एडवार्डले ब्रिटिश सेनामा नयाँ भर्ती भएका २७४ जना नेपालीलाई शपथ खुवाएका छन् । पोखराको ब्रिटिश क्याम्पमा शुक्रबार उनले शपथ खुवाएका हुन् । साथै, राजकुमार दम्पतीले दीर्घ सेवा गरेका बेलायती पूर्व सैनिकलाई पनि तक्मा प्रदान गरेका छन् । राजकुमार दम्पतीले बिहीबार नै वेल्फेयर ट्रस्टमा आश्रित पूर्व गोर्खा सैनिकका परिवारलाई […]

काठमाडौं । नेपाल भ्रमणमा रहेका बेलायतका राजकुमार एडवार्डले ब्रिटिश सेनामा नयाँ भर्ती भएका २७४ जना नेपालीलाई शपथ खुवाएका छन् ।
पोखराको ब्रिटिश क्याम्पमा शुक्रबार उनले शपथ खुवाएका हुन् ।
साथै, राजकुमार दम्पतीले दीर्घ सेवा गरेका बेलायती पूर्व सैनिकलाई पनि तक्मा प्रदान गरेका छन् ।
राजकुमार दम्पतीले बिहीबार नै वेल्फेयर ट्रस्टमा आश्रित पूर्व गोर्खा सैनिकका परिवारलाई भेटेका थिए भने आज बेलायती सेनामा भर्ती भएका जवान परिवारलाई भेटेका छन् ।
उनी आज लुम्ले गाउँ भ्रमण, घान्द्रुक लगायतका ठाउँमा हाइकिङ गर्ने र आज चन्द्रकोट भन्ने गाउँमा बास बस्ने कार्यतालिका छ ।
निजी भ्रमणको सिलसिलामा एडवार्ड दम्पती गत मङ्गलबार काठमाडौं आएका थिए । उनीहरु यही माघ २७ गते स्वदेश फर्किने छन् ।
What's Your Reaction?






