ट्रम्पको प्रतिबन्धपछि आईसीसीद्वास न्याय र मौलिक मानव अधिकारका लागि विश्व समुदायलाई एकजुट हुन आह्वान

काठमाडौं । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसिसी)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको प्रतिबन्धको निन्दा गरेको छ । ट्रम्पले प्रतिबन्ध लगाउने कार्यकारी आदेश जारी गरेपछि प्रतिक्रिया जनाउँदै आईसीसीले एक विज्ञप्ति जारी गर्दै विश्वभर ‘न्याय र आशा’ प्रदान गरिरहने प्रतिबद्धता जनाएको छ । “अमेरिकाले आफ्ना अधिकारीहरूमाथि प्रतिबन्ध लगाउने र स्वतन्त्र र निष्पक्ष न्यायिक कार्यलाई हानि पुर्‍याउने कार्यकारी आदेश जारी […]

Feb 7, 2025 - 09:30
 0
ट्रम्पको प्रतिबन्धपछि आईसीसीद्वास न्याय र मौलिक मानव अधिकारका लागि विश्व समुदायलाई एकजुट हुन आह्वान

काठमाडौं । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसिसी)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको प्रतिबन्धको निन्दा गरेको छ ।

ट्रम्पले प्रतिबन्ध लगाउने कार्यकारी आदेश जारी गरेपछि प्रतिक्रिया जनाउँदै आईसीसीले एक विज्ञप्ति जारी गर्दै विश्वभर ‘न्याय र आशा’ प्रदान गरिरहने प्रतिबद्धता जनाएको छ ।

“अमेरिकाले आफ्ना अधिकारीहरूमाथि प्रतिबन्ध लगाउने र स्वतन्त्र र निष्पक्ष न्यायिक कार्यलाई हानि पुर्‍याउने कार्यकारी आदेश जारी गरेकोमा आइसिसी भत्र्सना गर्दछ,’ द हेगस्थित अदालतले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

अदालत आफ्ना कर्मचारीहरूको पक्षमा दृढतापूर्वक उभिएको र विश्वभरका अत्याचारका लाखौं निर्दोष पीडितहरूलाई न्याय र आशा प्रदान गर्न जारी राख्ने प्रतिज्ञा अदालतले गरेको छ । “हामी हाम्रा १२५ राज्य पक्ष, नागरिक समाज र विश्वका सबै राष्ट्रलाई न्याय र मौलिक मानव अधिकारका लागि एकजुट हुन आह्वान गर्दछौं,” आइसिसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

अमेरिका र उसको सहयोगी इजरायललाई लक्षित गरी गरिएको अनुसन्धानलाई ‘नाजायज र आधारहीन’  भन्दै ट्रम्पले बिहीबार अदालतमाथि प्रतिबन्ध लगाएका थिए । उनले आइसिसीका पदाधिकारी, कर्मचारी र उनीहरूका परिवारका सदस्यका साथै अदालतको अनुसन्धानमा सहयोग पुर्‍याएका जोकोहीलाई पनि सम्पत्ति रोक्का गर्न र यात्रा प्रतिबन्ध लगाउन आदेश दिएका थिए । ती व्यक्तिहरूको नाम तत्काल सार्वजनिक गरिएको छैन तर ट्रम्पको नेतृत्वमा भएका यसअघिका अमेरिकी प्रतिबन्धहरूले अदालतका अभियोजकलाई लक्षित गरेको थियो। “हामी हाम्रा १२५ राज्य पक्ष, नागरिक समाज र विश्वका सबै राष्ट्रलाई न्याय र मौलिक मानव अधिकारका लागि एकजुट हुन आह्वान गर्दछौं,” आइसिसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

आईसीसीले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वरक्षामन्त्री योभ गालान्टविरुद्ध पक्राउ वारेन्ट जारी गरेपछि ट्रम्पले प्रतिबन्ध लगाउने आदेश जारी गरेका हुन् ।

ट्रम्पले जारी गरेको आदेशमा भनेका छन्, “आईसीसीले आफ्नो अधिकारको दुरुपयोग गरेको छ। अमेरिका र इजरायल यस अदालतका सदस्य होइनन् र यसलाई मान्यता पनि दिँदैनन् ।”

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register