नीजि क्षेत्रबाट निमार्णाधिन एक्स्ट्रा–टेक ओवल क्रिकेट मैदान

बुटवल । रुपन्देहीमा निजि लगानीमा निमार्णधिन अन्तराष्ट्रियस्तरको एक्स्ट्रा–टेक ओवल क्रिकेट मैदान करिब ६० प्रतिशत काम पुरा भएको एक्स्ट्रा–टेक ओवलका निर्देशक विनाद कुँवरले बताए । तिलोत्तमा नगरपालिकाको वडा नम्बर १७ स्थित दरखसहवामा पाच वर्षभित्र पुरा गर्ने लक्ष्यसहित ०८० साल जेठ २९ गते शिलान्यास भएको मैदान तिब्र गतिमा काम भैरहेको छ । धेरै चुनौतीका बाबजुद काम नरोकिएको […]

Feb 7, 2025 - 11:05
 0
नीजि क्षेत्रबाट निमार्णाधिन एक्स्ट्रा–टेक ओवल क्रिकेट मैदान

बुटवल ।

रुपन्देहीमा निजि लगानीमा निमार्णधिन अन्तराष्ट्रियस्तरको एक्स्ट्रा–टेक ओवल क्रिकेट मैदान करिब ६० प्रतिशत काम पुरा भएको एक्स्ट्रा–टेक ओवलका निर्देशक विनाद कुँवरले बताए ।

तिलोत्तमा नगरपालिकाको वडा नम्बर १७ स्थित दरखसहवामा पाच वर्षभित्र पुरा गर्ने लक्ष्यसहित ०८० साल जेठ २९ गते शिलान्यास भएको मैदान तिब्र गतिमा काम भैरहेको छ । धेरै चुनौतीका बाबजुद काम नरोकिएको निर्देशक कुँवरले बताउनु भयो ।

नेपाल खेलकुद पत्रकार मञ्च, रुपन्देही शाखाको आयोजनामा शुक्रबार भएको पत्रकार भेटघाटमा २० महिनाको अवधिमा ६० प्रतिशत बढी काम भएको बताउदै निर्धारित पाच वर्ष अघि नै सबै पूर्वाधार सहितको क्रिकेट मैदान पूर्ण रुपमा तैयार हुने निर्देशक कुँवरले बताउनुभयो ।

स्टेडियममा फ्लड लाइटका सबै सामग्रीहरु आईपुगेको र अब जडानको काम शुरु हुने उहाँले बताउनु भयो । ‘अबको एक महिनाभित्र फल्ड लाईटपूर्ण रुपमा जडान भै डे नाईट म्याच खेलाउन सकिने छ । करीब ७ करोड रुपैया लागत अनुमान गरिएको फ्लो लाईट स्टेप बाई स्टेप काम भैरहेको छ । यो नेपालमै क्रिकेट मैदानमा पहिलो भएको उहांले बताउनु भयो । मैदानका साथै भौतिक संरचना निर्माणको काम पनि भैरहेको छ ।

चार–चार तलाको २ वटा भवन (भीआईपी बक्स, प्लेयर बक्स, चेञ्जिंग रुम र मिडिया बक्ससहित) निमार्ण भैरहेको छ । जसमा तेस्रो तलाको काम भैरहेको छ । जग्गा बाहेक गरि ४५ करोड रुपैया लागत अनुमान गरिएको मैदानमा आधाआधी लगानी भैसकेको छ । निमार्णकै क्रममा डिजिटल बोर्ड राख्ने, भिआईपी बिल्डिङको संरचनालाई थप फिचर बढाउने जस्ता योजनाका कारण लगानी थप हुनसक्ने उहांले बताउनु भयो । यो मैदान पुरा हुदा नेपाल सरकारबाट थप अर्को मैदानमा समेत फ्लड लाईट जडान हुने उहांको दाबी छ ।

एकेडेमी संचालन गरेर स्थानिय युवा खेलाडीहरुलाई प्रोत्साहन मिल्ने र ‘हरेक वर्ष प्रतियोगिता हुने छ । अहिले पनि सामान्य खेलहरु नियमित भैरहेको भन्दै उहांले क्यानका अधिकाश गतिविधिहरु यहा गरिदै आएको बताउनु भयो । एक दिनमा प्रतियोगिता खेल्दा न्युनतम ६–८ हजार रुपैया ग्राउण्ड स्टाफ खर्च वापत तोकिएको समेत उनले बताए ।

कार्यक्रममा मैदानका निर्देशक सुर्य कुवँरले यो मैदानमा गत वर्षको फागुन यता एक सय भन्दा बढी खेल भैसकेको बताउनु भयो । नेपालको १९ वर्ष मुनिको विश्वकप खेलेको महिला टोली र नेपाल प्रिमियर लिग टिम लुम्बिनी लायन्सले यो मैदानमा अभ्यास गरेको थियो । भारतबाट पनि केही क्लब स्तरीय टिम आएर यहाँ आएर खेलेका छन । नेट प्राक्टिसका लागि पनि छुट्टै पिच तयार गर्ने भैरहेको छ, जुन अन्तिम चरणमा छ ।

कार्यक्रममा नेपाल खेलकुद पत्रकार मञ्च, रुपन्देहीका अध्यक्ष सुमन अधिकारीले खेलगतिविधि र पूर्वाधार विकासमा फड्को मार्दै गर्दा रुपन्देहीमा खेलकुद विधालाई मुख्य बनाएर कलम चलाउने पत्रकारहरुको दक्षता अभिवृद्धिमा समेत जोड दिन जरुरी रहेको बताउनु भयो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register