दिनेश त्रिपाठीमाथि हातपात घटना : तीन जनासँग धरौटी माग

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात गर्ने तीन जनासँग धरौटी माग गरिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले शुक्रबार धरौटी माग गरेको हो । सूचना अधिकारी दिपककुमार श्रेष्ठकाअनुसार दोलखा घर भई ललितपुर महालक्ष्मी नगरपालिका–५ टिकाथली बस्ने ४८ वर्षीय ललितकुमार केसी, हुम्ला घर भई काठमाडौंको टोखा बस्ने ३२ वर्षीय महानन्द जैसी र […]

Feb 7, 2025 - 11:09
 0
दिनेश त्रिपाठीमाथि हातपात घटना : तीन जनासँग धरौटी माग

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात गर्ने तीन जनासँग धरौटी माग गरिएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले शुक्रबार धरौटी माग गरेको हो ।

सूचना अधिकारी दिपककुमार श्रेष्ठकाअनुसार दोलखा घर भई ललितपुर महालक्ष्मी नगरपालिका–५ टिकाथली बस्ने ४८ वर्षीय ललितकुमार केसी, हुम्ला घर भई काठमाडौंको टोखा बस्ने ३२ वर्षीय महानन्द जैसी र झापा घर भई बानेश्वर बस्ने ५५ वर्षीया सीतादेवी राईसँग एक–एक लाख रुपैयाँ माग गरिएको हो ।

गत माघ २ मा स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीको मुद्दामा रास्वपा सभापति रवि लामिछानेविरुद्ध बहस गरेका त्रिपाठीमाथि अदालत परिसमार हातपात भएको थियो ।

त्रिपाठीले ज्यान मार्न नहुने कसुरमा जाहेरी दिएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register