दोस्रो ‘भारत-नेपाल स्टार्टअप कनेक्ट’को आयोजना

भारत र नेपालका ‘स्टार्टअप’हरूलाई एक ठाँउमा ल्याउने उदेश्यसहित काठमाडौंस्थित भारतीय राजदूतावासले दोस्रो ‘भारत-नेपाल स्टार्टअप कनेक्ट’को आयोजना गरेको छ । कार्यक्रमले अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्न चाहने स्टार्टअपहरूका लागि भारत र नेपाल उचित बजार भएको निष्कर्ष निकालेको छ । भारत र नेपालका स्टार्टअपहरूले नयाँ समस्या र सामाजिक चुनौतीहरूलाई स्तरीय रुपमा समाधान गर्न उदीयमान प्रविधिहरूको उपयोग गरिरहेको कार्यक्रमका […]

Feb 7, 2025 - 14:45
 0
दोस्रो ‘भारत-नेपाल स्टार्टअप कनेक्ट’को आयोजना

भारत र नेपालका ‘स्टार्टअप’हरूलाई एक ठाँउमा ल्याउने उदेश्यसहित काठमाडौंस्थित भारतीय राजदूतावासले दोस्रो ‘भारत-नेपाल स्टार्टअप कनेक्ट’को आयोजना गरेको छ ।

कार्यक्रमले अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्न चाहने स्टार्टअपहरूका लागि भारत र नेपाल उचित बजार भएको निष्कर्ष निकालेको छ । भारत र नेपालका स्टार्टअपहरूले नयाँ समस्या र सामाजिक चुनौतीहरूलाई स्तरीय रुपमा समाधान गर्न उदीयमान प्रविधिहरूको उपयोग गरिरहेको कार्यक्रमका वक्ताहरूको वक्ताहरूले बताए ।

डीपीआईको विकासले नयाँ स्टार्टअपहरूलाई नवप्रवर्तन गर्ने राम्रो अवसर प्रदान गरेको र यो मोडेल भारतमा धेरै सफल भएको जनाइएको छ । नेपालसँग भएको आफ्नो डीपीआई भावी पुस्ताका स्टार्टअपहरूको लागि लन्चप्याड हुन सक्ने अनुमान गरिएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले स्टार्टअपहरूका लागि नेपालले अवसर सिर्जना गर्ने र नवीनतम प्रविधिहरू अँगाल्ने बताए । उनले हालै जारी गरिएको एआई नीतिको मस्यौदामाथि प्रकाश पार्दै एआई र स्टार्टअपको क्षेत्रमा भारत-नेपाल सहयोगलाई थप बढावा दिन आह्वान गरे ।

कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतका युवाहरूमाझ स्टार्टअप संस्कृति कसरी मुलधार बनेको छ भन्ने कुरा प्रकाश पारे । उनले भारतले डिजिटल प्रविधिहरूमा गरेको व्यापक प्रगती गरेको भन्दै सीमापार स्टार्टअप सहकार्यको लागि अवसरहरू सिर्जना भइरहेको बताए ।

नेपालको फोनपे र भारतको यूपीआई बीचको अन्तरसञ्चालन त्यसको एउटा उदाहरण भएको भन्दै उनले यसको सुरुवात भएदेखि ४ लाखभन्दा बढी व्यापारीक कारोबारहरू भएको उनको भनाइ थियो ।

भारत सरकारको डीपीआइआइटीका सहसचिव श्री संजीवले एसएमके स्टार्टअप क्षेत्रको लागि एक प्रमुख कार्यक्रममा परिणत भएको बताए । साथै, नेपाली स्टार्टअपहरूलाई सहभागी हुन आमन्त्रित गरे ।

एसएमकेमा तीन हजारभन्दा बढी प्रदर्शकहरू, दश हजार स्टार्टअपहरू र एक हजार लगानीकर्ता, इन्क्यूबेटर र एक्सेलेरेटरहरू सहभागी हुनेछन् । जसमा भारत र बाहिरबाट ५० हजारभन्दा बढी व्यावसायिक आगन्तुकहरूको अपेक्षा गरिएको छ ।

औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (आइडीआइ) का कार्यकारी निर्देशक उमेश कुमार गुप्ताले “नेपालमा स्टार्टअप नीति” बारे प्रस्तुति दिए । आइआइटी  मद्रास प्रवर्तकका प्रमुख (न्यु इनीसीएटिभ्स) राजेन्द्र मुथाले आइआइटी मद्रास प्रवर्तकले इन्क्यूबेसनलाई प्रवर्द्धन गर्न, प्रविधि विकास गर्न र अन्य विश्वविद्यालयहरूसँग साझेदारी निर्माण गरी इन्क्यूबेसनलाई बढावा दिन कसरी मद्दत गरिरहेको छ भन्ने बारेमा जानकारी दिए ।

गोलमेच सम्मेलनबाट सुरुवात भएको कार्यक्रममा भारत सरकारको डीपीआइआइटी, स्टार्टअप इन्डिया, नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ), नेपाली उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनवाईईएफ), नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेज कम्पनी (एनएएस -आइटी), फिनटेक एलायन्स अफ नेपाल (एफएएन), रोबोटिक्स एसोसिएसन अफ नेपाल (आरएएन), नेपाल हब (एनहब), एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एण्ड इन्टरनेशनल अफेयर्स, त्रिभुवन विश्वविद्यालय, नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट), काठमाडौं विश्वविद्यालय र नेपाली स्टार्टअपका प्रतिनिधिहरू सहभागी थिए ।

भारत-नेपाल स्टार्टअप कनेक्टलाई प्रवर्द्धन गर्ने गतिविधिहरूलाई निरन्तर प्रोत्साहन गर्ने दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यसअघि २०७९ माघ १० गते पहिलो चरणमा आयोजना गरिएको थियो ।

तस्वीरहरू:

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register